राज्यको सबै सम्पत्ति लुटेर भाग्न लागेजस्तो व्यवहार भयो: उपकुलपति कोइराला

+
-

काठमाडौँ- विश्व संस्कृत सम्मेलनमा भाग लिन क्यानडा जान लागेका बेला त्रिभुवन विमानस्थलबाट अपमानजनक ढंगले प्रहरीद्वारा नियन्त्रणमा लिइएका नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई राज्यको सबै सम्पत्ति लुटेर भाग्न लागेको जस्तो व्यवहार गरेको भन्दै दु:ख व्यक्त गरेका छन्।

उनले आइतबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा भने, ‘म अत्यन्त दु:खी र चिन्तित छु।’

आफूलाई नियन्त्रणमा लिएर बालुवाटार पुर्‍याइसकेपछि आफ्ना कुरा राख्छु भन्दा प्रधानमन्त्रीले समय नदिएको पनि उनले बताए। १४ वर्ष जेलमा बिताएका केपी ओलीले प्रजातन्त्रका आधारभूत सिद्धान्त पनि नबुझेको टिप्पणी कोइरालाले गरे। उनले भने, नपढेका मानिस पनि विद्वान हुन सक्छन्। बेद व्यासले पढेका थिएनन् तर विद्वान थिए। तर… ।’

उनले घुमाउरो भाषामा प्रधानमन्त्री ओलीलाई मुर्ख र अपठितको संज्ञा पनि दिए।

उनले विश्वविद्यालयलाई राजनीतिमुक्त गर्न प्रधानमन्त्री ओलीलाई चेतावनी दिए। उनले कार्यक्रममा भने, ‘म क्यानडा पिकनिक गर्न जान लागेको होइन। पर्यटनका लागि गएको होइन। म संस्कृतिको विस्तारका लागि जान लागेको थिएँ।’

कम्युनिष्टले संस्कृत र संस्कृति नष्ट गर्छन् भन्ने पुष्टि भएको आरोप पनि उनले लगाए। उनले यो आफ्नोमात्र अपमान नभएर सिंगो देशकै अपमान भएको जिकिरसमेत गरे।

यो पनि पढ्नुहोस्

राज्यद्वारा अपहरणको शैलीमा संस्कृत विश्वविद्यालयका उपकुलपतिको विदेश भ्रमण रद्द

राज्यद्वारा अपहरणको शैलीमा संस्कृत विश्वविद्यालयका उपकुलपतिको विदेश भ्रमण रद्द

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?