काठमाडौँ – देशभरको मौसम सोमबार दिनभर बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी गतिविधि सक्रिय रहेकाले पूर्वदेखि पश्चिम सबै क्षेत्रमा बदली भएको मौसमविद वरुण पौडेलले जानकारी दिए ।
देशका अधिकांश ठाउँमा हल्कादेखि मध्यम स्तरको पानी पर्ने उनले जानकारी दिए । यस्तै पूर्व तथा पश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद पौडेलले जानकारी दिए । अझै केही दिन देशभरको मौसम बदली हुने सम्भावना छ ।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































