उद्धार गरिएका चार बालकलाई अभिभावकले भेट्ने

अंगालो हाल्न वा छुन पाईँदैन

अंगालो हाल्न वा छुन पाईँदैन
+
-

थाइल्याण्डको एक गुफामा फसेको दुई हप्तापछि उद्धार गरिएका चार बालकलाई परिवारका सदस्यले सोमबार बेलुका भेट्न पाउने भएका छन् ।

गुफामा फसेका १२ बालक र उनीहरुका फुटबल प्रशिक्षकको उद्धारका लागि ९० जनाको टोलीले आइतबारदेखि अभियान सुरु गरेको छ । पहिलो दिन चार बालकलाई उद्धार टोलीले गुफाबाट बाहिर निकालेको छ ।

उद्धार गरिएका बालकको अवस्था राम्रो रहेको अहिले स्वास्थ्य परीक्षण चलिरहेको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै द गार्डियनले जनाएको छ ।

थाइल्याण्डको स्वास्थ्य विभागका डाक्टर थोङ्गचाइ लरट्वीलाईराट्टानापोङ्गका अनुसार चार बालकको अहिले विभिन्न परीक्षण भइरहेको छ । उनले थाइल्याण्डको पत्रिका कोम चाड लेकलाई चार बालकले सोमबार बेलुकासम्म आफ्नो परिवारका सदस्यलाई भेट्न पाउने जानकारी दिएका छन् ।

तर त्यसबेला शारीरिक रुपमा छुन वा अंकमाल गर्न भने दिइने छैन । रगत परीक्षणको रिपोर्ट नआएसम्म बालकलाई शारीरिक रुपमा छुन नदिइने उनले बताए ।

उनले भने, ‘परिवारका सदस्यलाई बालकहरुसँग कुरा गर्न मात्रै दिइने छ । अंगालो हाल्न वा छुन पाइने छैन । भेट्न जानेहरु एक वा दुई मिटर पर बस्नु पर्नेछ ।’

उद्धार गरिएका बालकमा गम्भीर खालको संक्रमण रहे नरहेको बारे स्पष्ट हुन डाक्टरले परीक्षण गरिरहेका छन् । उनीहरुमा लेप्टोस्पाइरोसिस वा मेलिओइडोसिससहितका संक्रमण रहे नरहेको बारे स्पष्ट हुन खोजिँदैछ ।

चिएङ्ग राईमन गभर्नर नारोङ्गसाक ओसोटानाकोर्नका अनुसार सोमबार बिहानदेखि फेरि अर्को चरणको उद्धार अभियान सुरु हुनेछ । गुफामा फसेकाहरुको उद्धारका लागि ९० जना खटिएका छन् ।

त्यसमा ५० जना विदेशी छन् भने ४० जना थाइल्याण्डका रहेका छन् । गएको जुन २३ मा फुटबलको प्रशिक्षण सकेर गुफामा गएका १२ बालक र उनीहरुका प्रशिक्षक त्यहिँ फसेका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?