मुख्यमन्त्रीले आलोचना खेपेपछि सेती अञ्चल अस्पतालमा ‘भीआईपी’ उपचार कक्ष

मुख्यमन्त्रीले आलोचना खेपेपछि सेती अञ्चल अस्पतालमा ‘भीआईपी’ उपचार कक्ष
+
-

धनगढी- सेती अञ्चल अस्पताल धनगढीमा विशिष्ट व्यक्ति (भिआईपी) का लागि छुट्टै उपचार कक्ष स्थापना गर्ने काम सुरु भएको छ ।

त्यसका लागि अस्पताल प्रशासनले कक्षको टुङगो लगाई सकेर निमार्णको काम पनि सुरु गरिसकेको सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सजन केसीले जानकारी दिए ।

यसअघि मुख्यमन्त्री त्रिलोचन भट्ट बिरामी हुदा राम्रो शैया नभएको भन्दै उनलाई निवासमै राखेर उपचार  गरिएपछि सामाजिक सञ्जालमा त्यसको आलोचना भएको थियो ।

त्यसपछि मात्रै अस्पतालमा भिआईपी उपचार कक्ष स्थापना हुनुपर्ने कुरा उठेको हो ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. केसीले सबैको सुझावअनुसार भिआईपीका लागि छुट्टै उपचार कक्ष निमार्ण थालिएको बताए । उनले यसअघि डाइलसिस कक्ष रहेको स्थानलाई अब विशिष्ट ब्यक्तीहरुको उपचार कक्ष बनाउन लागिएको जानकारी दिए ।

उक्त कक्षमा पहिले डाईलसिस मेसिन राखेका कारण एसी जडान गरिएको छ । बढीमा एक हप्ताभित्रै अस्पतालमा विशिष्ट व्यक्तिको उपचार कक्ष स्थापना भईसक्ने केसीले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?