कलंकी मालपोतमा मन्त्रीकाे अनुगमन

कृषिमन्त्री खनालले भने-७० जना निलम्बन गरे‌ँ, मालपोत र नापी भ्रष्टाचारको अखडा नबनून्

कृषिमन्त्री खनालले भने-७० जना निलम्बन गरे‌ँ, मालपोत र नापी भ्रष्टाचारको अखडा नबनून्
+
-

काठमाडौँ– कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले कलंकी मालपोत कार्यालयको अनुगमन गर्दै १४ बुँदे निर्देशन दिएका छन् । राज्यमन्त्री रामकुमारी चौधरी, सचिव गोपीनाथ मैनालीसहितको मन्त्रालयको टोलीले मालपोतको कामप्रति सेवाग्राहीको गुनासो बढेको भन्दै कार्यालयलाई कडा निर्देशन दिएको छ ।

कार्यालयमा पुगेर सेवाग्राहीका गुनासा सुनेपछि मन्त्रीले फटाफट काम नहुनु, सेवाग्राहीको चाप बढ्नु, अव्यवस्थित हुनुको कारण मागेका छन् ।
यस्तै एउटै सेवाग्राहीको पछाडि धेरै मान्छे लाग्नुको कारणबारे जवाफ माग्दै मन्त्री खनालले कित्ताकाटको पछिल्लो विवरण, सेवाग्राहीले आफै फर्म भर्न पाउने व्यवस्था गर्ने उपाय र माालपोत तथा नापी कार्यालयप्रति देशभरका जनतामा नकारात्मक छाप रहेको नभुल्न स्मरण गराएका छन् ।

‘यो भ्रष्टाचारको अखडा हो, त्यहाँ कहिले पनि शुद्ध हुन्न भन्ने कुरालाई निमिट्यान्न पार्नुपर्छ । मैले यो मन्त्रालय सम्हालिसकेपछि मालपोत र नापीबाट मात्र निलम्बित कर्मचारीको संख्या ७० नाघेको छ, मैले हेरिरहेको छु’, कृषिमन्त्री खनालले भने, ‘ यस्तै हो भने त मालपोत र नापीका कर्मचारी सकिन्छन त । यी समग्र विषयमा सुधार ल्याउनुपर्छ ।’

उनले यी विषयमा सुधार ल्याउन कलंकी मालपोतका अधिकृत नविन किशोर अधिकारीको राय समेत मागेका छन् ।

मन्त्रीको प्रश्नको जवाफ दिँदै अधिकृत अधिकारीले सकेसम्म सेवाग्राहीलाई समस्या नपरोस् र छिटो काम होस् भनेर काम गरिरहेका दाबी गरे । अहिले अनलाइनबाट फारम भर्ने र डकुमेन्टहरु इस्क्यान गरेर राख्‍न निर्देशन दिइएको तर इस्क्यान गर्न धेरै समय लागेको र इन्टरनेटको समस्या रहेको जवाफ दिएका छन् ।

इन्टरनेट नै नचलेपछि सोमबार सूचना टाँसेर कार्यालय नै बन्द गरेको समेत अधिकारीले बताए ।

मन्त्री खनालले दिएका १४ बुँदे निर्देशन यस्ता छन् 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?