डा.केसीलाई लिन जुम्ला जान सकेन चिकित्सकसहितको हेलिकोप्टर

डा.केसीलाई लिन जुम्ला जान सकेन चिकित्सकसहितको हेलिकोप्टर
+
-

काठमाडौँ– जुम्लामा अनशरत डा.गोविन्द केसीलाई लिन सरकारले नेपाली सेनाको हेलिकोप्टर काठमाडौंबाट जुम्ला पठाउने तयारी गरे पनि  उड्न सकेन । चिकित्सकसहितको टोली लिएर जान लागेको हेलिकोप्टर मौसम खराबीका कारण उड्न नसकेको सैनिक श्रोतले जनाएको छ ।

डा.केसीको स्वास्थ्य अत्यन्तै नाजुक बनेको भन्ने सूचना आएपछि सरकारले उनको जीवन रक्षाका लागि भन्दै चिकित्सकसहितको टोली हेलिकोप्टरमा पठाउने र डा. केसीलाई पनि यहिँ ल्याउने तयारी गरेको थियो ।

मुलुकको चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर कायम गर्न र त्यसको पहुँचमा आम नागरिकलाई पुर्‍याउने माथेमा प्रतिवेदन अनुसार बनेको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश सरकारले जारी गर्नु पर्ने लगायत १० बुँदे माग राख्दै डा. केसी १५ औँ पटक अनशनमा छन् ।

तर चिसो ठाउँमा आवश्यक उपचारको व्यवस्था नहुँदा डा. केसीको स्वास्थ्य खस्किएको उनका समर्थक चिकित्सकले बताउँदै आएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भने डा. केसीका माग हुबहु कार्यान्वयन नहुने अडान राख्दै आएका छन् ।

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’