
भक्तपुर – सरकार रेल र पानी जहाज चलाउने कुरा गर्छ, अबिरल वर्षाले गाउँमा मात्र होइन राजधानीकै बस्ती डुबाउँछ । बुधबार रातभर र बिहीबार बिहान परेको अबिरल वर्षाका कारण भक्तपुरका विभिन्न बस्तीमा बाढी आएको छ ।
बाढीका कारण हनुमन्ते खोला आसपासको राधेराधेसहितका क्षेत्रमा बढी प्रभाव परेको छ । धेरै बस्तीमा बाढी परेको छ भने बाटोमा पानी जमेर खोला जस्तै देखिएको छ । उद्धार तथा राहका लागि प्रहरी खटिएका छन् ।
उद्धारकर्मीले बोटको प्रयोग गरेर बाढी प्रभावितको उद्धार गरेका छन् । उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ । कतै गाडी फसेका छन् भने कतै डुबेका घरमा पानी घट्ने प्रतिक्षा छ ।