बाँकेमा धान रोपाइँ हुँदै

बाँकेमा धान रोपाइँ हुँदै
+
-

बाँके– वर्षा अनुकूल भएकाले यस वर्ष बाँके जिल्लामा धमाधम धान रोपाइँ भइरहेको छ ।

जिल्लामा अहिलेसम्म ३० प्रतिशत धान रोपाइँ भएको बताइएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष बाँकेमा ३६ हजार ५०० हेक्टरमा धान खेती गर्ने लक्ष्य छ । गत वर्ष पनि सोही क्षेत्रफलमा धानखेती गरिएको कार्यालयका प्रमुख कृष्णबहादुर बस्नेतले बताए। यस वर्ष बाँकेमा झण्डै एक लाख १५ हजार मेट्रिक टन धान उत्पादन हुने सो कार्यालयको प्रारम्भिक अनुमान छ ।

बाँकेका किसानले यस वर्ष पनि राधा–४, सुख्खा–३, सावित्री, मन्सुली, रामधान जातका धान खेती गर्ने बताइएको छ । जिल्ला कृषि विकास कार्यालयले जिल्लाका किसानलाई धान खेतीमा ५० प्रतिशत अनुदानमा धानको बीउ र रासायनिक मल अनुदानमा उपलब्ध गराउँदै आएको छ । त्यसैगरी गत वर्षको बाढीबाट प्रभावित बाँके गंगापुरका किसानलाई कृषि कार्यालयले निःशुल्क धानको बीउ र रासायनिक मल उपलब्ध गराएको प्रमुख बस्नेतले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?