गरिब घर परिवारलाई परिचय पत्र बितरण सुरु

गरिब घर परिवारलाई परिचय पत्र बितरण सुरु
+
-

कपिलवस्तु–नेपालका २६ जिल्लामा गरिब घर परिवार परिचय पत्र बितरण सुरु भएकाे छ।  शुक्रबार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले कपिलबस्तुकाे मायादेवी गाउँपालिकाबाट कार्यक्रम उद्घाटन गरेका हुन् ।

अहिले २६ जिल्लामा गर्न लागिएको यो कार्यक्रम बाँकी ५१ जिल्लामा पनि आगामि दुई बर्षमा गर्ने मन्त्रालयले लक्ष्य लिएको छ। गरिब परिचय पत्र अति गरिबलाई रातो कार्ड, मध्यमलाई पहेलो कार्ड र गरिबलाई निलो कार्ड गरी तीन किसिमका कार्ड बितरण गरिएको छ।

१२ लाख ५० हजार घर परिवारमा सर्वेक्षण गर्दा ३ लाख ९१ हजार ८३१ घर परिवार गरिबीको रेखा मुनि रहेको देखिएको छ । मानव विकास सुचकांकमा तल रहेका जिल्लाहरुबाट परिचय पत्र वितरण गरिएको हो । बाँकी ५१ जिल्लाका लागि प्रश्नावली तयार भएको छ । तर २६ जिल्लामा वितरण गर्नका लागि पनि बजेटको अभाव रहेकाे कृषि मन्त्रालयले जनाएकाे छ।

अहिले जम्मा परिचय पत्र वितरण गर्न ६३ करोड रुपैयाँ छ । तर अहिले जम्मा बजेट ४ अर्ब अावश्यक पर्ने छ। अर्थमन्त्री र प्रधानमन्त्रीलाई बजेट अपुग भएकाे जानकारी गराईसकिएको कृषि मन्त्रालयले जनाएकाे छ। अहिले भएको ६३ करोड रुपैयाँले ११ जिल्लामा मात्र वितरण गर्न पुग्ने आँकलन गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?