लुम्बिनी अञ्चल अस्पतालमा ‘सिकलसेल एनिमिया’ प्रभावित भेटिए

लुम्बिनी अञ्चल अस्पतालमा ‘सिकलसेल एनिमिया’ प्रभावित भेटिए
+
-

बुटवल- लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा उपचारका लागि आएका बिरामीमध्ये नाबालकसहित दुईजना ‘सिकलसेल एनिमिया’ बाट प्रभावित भएको देखिएको छ ।
उपचारका लागि अस्पताल आएका थारु समुदायका १५ जनामध्ये थप दुईजनामा ‘अल्फाथेलेसिमिया’ रोग देखापरेको लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा कार्यरत प्राविधिक प्रविण शाहले जानकारी दिए । यो रोग देखापरेपछि रगतको कमी हुन्छ र रक्तकोषिका टुक्रिन्छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँबाट बुटवलस्थित लुम्बिनी अञ्चल अस्पताल आएका शाहले खासगरी जिल्लाको तिलोत्तमा नगरपालिका, कपिलवस्तु र नवलपरासीबाट ‘सिकलसेल एनिमिया’ बाट प्रभावित बिरामी आएको बताए ।

उनले ‘सिकलसेल एनिमिया’ को प्रयोगशाला लुम्बिनी अञ्चल अस्पतालमा छ भन्ने विषयमा जानकारी नभएका कारण त्यसबाट प्रभावित बिरामी कम देखिएको अब बढ्दै जाने संभावना रहेको बताए ।

लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा कृष्ण खनालले प्रयोगशाला भए पनि स्थान अभावका कारण समस्या देखिएको उल्लेख गर्दै प्रयोगशाला स्थापना गरेका त छौँ तर स्थान अभावको समस्या हटाउन छलफल भएको बताए ।

दाङ र बर्दियाका थारु समुदायमा ‘सिकलसेल एनिमिया’ बाट प्रभावितको विषयमा उपचारको व्यवस्था मिलाउन नसकेको भन्दै प्रदेश नं ५ कोे प्रदेशसभामा प्रदेशसभा सदस्यले प्रदेश सरकारको आलोचना गरेका थिए ।

तर प्रदेश सरकारले ‘सिकलसेल एनिमिया’ प्रभावितका लागि रु एक लाख सहयोग उपलब्ध गराउँदै आएको छ । सात लाखभन्दा बढी थारु समुदायको बाहुल्यता रहेको प्रदेश नं ५ को बाँके, बर्दिया, रुपन्देही, कपिलवस्तु, नवलपरासीमा थारु जातिको बाहुल्यता रहेको छ ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’