
काठमाडौँ – जुम्लामा अनशनरत डा. गोविन्द केसीको समर्थनमा काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ । सरकारले चिकित्सा शिक्षा विधेयकमा गरेको परिमार्जनको बिरोधमा शनिबार दिउँसो प्रदर्शन भएको हो ।
प्रदर्शनमा विवेकशील साझाका नेता रवीन्द्र मिश्रसहितका नेता तथा सामाजिक अगुवाहरु उपस्थित भएका छन् । र्यालीमा नेपाल चिकित्सक संघसहितका संस्थाका प्रतिनिधिको पनि सहभागिता रहेको छ ।