मोहनापुल–अत्तरीया छ लेन सडक

दुई वर्षमा सक्नुपर्ने सडककाे काम एक वर्षमा २५ प्रतिशत मात्रै

दुई वर्षमा सक्नुपर्ने सडककाे काम एक वर्षमा २५ प्रतिशत मात्रै
+
-

धनगढी –मोहनापुल–अत्तरीया छ लेन सडकको निर्माण एक वर्षमा २५ प्रतिशत मात्र सकिएको छ। दुई वर्षमा सक्नुपर्ने सडक निर्माणको कार्य एक वर्ष भन्दा बढी समय हुँदा २५ प्रतिशत मात्रै बनेको हो।

सडक निर्माणमा देखिएका मुख्य समस्या समाधान भए पनि अझै निर्माणस्थलमा जथाभावी पार्किङ, केही घर धनीले अझै स‌ंरचना नभत्काउनु लगायतका कारण निर्माणमा अझै बाधा उत्पन्न भईरहेको आयोजनाले जनाएको छ ।

दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी गत वर्षको जेठ देखि निर्माण कार्य सुरु भएको मोहनापुल–अत्तरीया छ लेन सडकको निर्माण अवधि सकिन अब एक वर्ष पनि बाँकी छैन ।

मोहनापुलदेखि वोराडारी, वोराडाडीदेखि गेटा माछा पालन र माछा पालनदेखि अत्तरीयासम्म तीन भागमा निर्माण भईरहेको सडक सुस्त गतिमा भईरहेको छ ।

यसअघि रुख कटानी आदेश ढिला गरि प्राप्त हुनु, विजुलीका तार र पोलको व्यवस्थापनमा ढिलाई, मुआब्जा पाउनुपर्ने माग गर्दै केही घर धनीले सर्वोच्च अदालतमा मुद्धा दायर गरेपछि निर्माण कार्य प्रभावित भएको थियो ।

तर, अहिले सवै समस्या हल भएर सडक क्षेत्र खाली भईसक्दा समेत निर्माण कार्यले गति लिन सकेको छैन । अझै पनि केही घर धनीले संरचना भत्काउन अटेरी गर्नु, निर्माण स्थलमा जथावाभी पार्किङ गरिदिदा निर्माण कार्यले अपेक्षाकृत रुपमा गति लिन नसकेको आयोजनाले जनाएको छ ।

यसका साथै सुरुमा अत्तरीया क्षेत्रमा भौतिक सरचना हटाउन सक्रिय भूमिका खेलेको गोदावरी नगरपालिकाले नै आफनो भवन र हुलाक कार्यालय भत्काएको छैन।

निर्माण कार्यमा ढिलाई हुदा जिल्लामा चालु आर्थिक वर्षको सबैभन्दा बढी अत्तरिया–मोहना ६ लेन सडक आयोजनाको रकम फ्रिज हुँदै छ । उक्त आयोजनाको करिब २४ करोड फ्रिज हुन लागेको कोष तथा लेखा नियन्त्रक कार्यालय कैलालीले जनाएको छ ।

आयोजनाको चालु आर्थिक वर्षको कुल बजेट ५१ करोड ८१ लाखमा असार २५ सम्ममा २४ करोड २१ लाख २३ हजार मात्रै खर्च भएको छ । यो कुल बजेटको ४६.७३ प्रतिशत मात्रै हो ।

‘२० करोड फिर्ता गएपछि चालु आर्थिक वर्षमा ३१ करोड ८१ लाख बराबरको निर्माण काम सम्पन्न गर्नुपरेको थियो,’ आयोजना प्रमुख शाहले भने, ‘तर असार मसान्तसम्ममा त्यो ३१ करोड ८१ लाख खर्च गर्न सकिएन, करिब २८ करोड जति मात्रै खर्च गर्न सकिने जस्तो भयो । २ करोड फेरि फिर्ता जाने जस्तो देखिन्छ ।’

खानेपानीको पाइप, बिजुली र टेलिफोनका पोल सम्बन्धित निकायले सार्न नसकेकाले अहिले सडक निर्माण कामले गति पाउन नसकेको सडक निर्माण कम्पनी राजेन्द्र निर्माण सेवाका लक्ष्मण साउदले बताए ।

उपमहानगरपालिकाले निर्माणाधिन मोहनापुल–अत्तरीया छ लेन सडकमा पर्ने बैंकहरुलाई सडकमा पार्किङ नगर्न समेत निर्देशन दिएको बताएको छ ।

१ अर्व ६८ करोड लागतमा निर्माण भईरहेको प्रदेश ७ को आर्थिक विकास र सम्बृदिसँग जोडिएको छ लेन सडक हालसम्ममा करिव ४० प्रतिशत भन्दा बढि निर्माण हुनुपर्ने हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?