भुटानी शरणार्थीको सेवामा डा‍.भम्पा राई

‘म मरेर गए पनि मेरो देश प्रेम मर्दैन, त्‍यसकारण मलाई पैसाको लोभ छैन’

‘म मरेर गए पनि मेरो देश प्रेम मर्दैन, त्‍यसकारण मलाई पैसाको लोभ छैन’
+
-

दमक- दमक चोकदेखि करिब ५० मिटर उत्तर बेलडाँगी रोडमा रहेको क्लिनिकमा उनी फेरि आउन थालेका छन्। शरीरमा आन्तरिक रक्तश्रावका कारण लामो समयदेखि थलिएका उनको अहिले अनुहार चाउरिएको छ।

शरीरका मांसपेशी चाउरिएका छन्। पहिला त्यस्तो झरिलो अनुहार अहिले निकै कमजोर जस्तो देखिन्छ। तर उनको आत्मबल मरेको छैन। उनी हुन् विगत लामो समयदेखि भुटानी शरणार्थीको नि:शुल्क स्वास्थ्य उपचार गर्दै आएका वरिष्ठ शल्य चिकित्सक डा. भम्पा राई।

डा. राई आफैं पनि शरणार्थीहुन्। उनी जस्ता पढेलेखेका कैयौं शरणार्थी तेस्रो मुलुक गइसके। तर उनलाई न तेस्रो मुलुक जान लोभ लाग्यो न कुनै गाडी चढ्न। उनलाई मोह छ केवल आफ्नै शरणार्थी दाजु-भाई तथा दिदी-बहिनीको। त्यसैले आफ्नो स्वास्थ्य बिग्रँदो रहे पनि उनी तिनै शरणार्थीको स्वास्थ्य सेवाका लागि आफ्नो क्लिनिकमा उपस्थित हुन थालेका हुन्।

६८ वर्षीय डा. राईले आफूलाई चिकित्सक भएर पैसा कमाउनमा कहिले लागाएन। कतै जानुपर्‍यो अथवा श्रीमतीको मृगौलाको डायलासिस् गर्न अस्पताल जानुपर्दा साथी भाई सहयोग गर्ने गरेको उनी बताउँछन्। उनी भन्छन्, ‘धेरैले मलाई यत्रो डाक्टर भएर पनि पैसा किन नकमाएको भने। तर मलाई पैसाको लोभ छैन।’

उनकी श्रीमती ५८ वर्षिया उर्मिला राईको मृगौलाको विगत एक बर्षदेखि डायलासिस् गर्नु परिरहेको छ। उनलाई धेरैतिरबाट आर्थिक सहयोग प्राप्त भयो। नेपाल सरकारले शुक्रबार मात्र १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको उनले सुनाए।

भुटानी शरणार्थी समुदायको रासन कटौतीमा उनको घोर आपत्ति छ। उनले शरणार्थीमाथि अन्याय भइरहेको बताए। उनले भने,शरणार्थीका विषयमा जे निर्णय हुन्छन् ती शरणार्थी समुदायको उपस्थितिमा हुनुपर्छ। रासन कटौती गरेर शरणार्थी समुदायलाई घोर अन्याय गरिएको छ। उनी भुटानी शरणार्थी स्वदेश फिर्ती अभियानका अभियन्तासमेत हुन्।

स्वास्थ्य अवस्था कमजोर भए पनि स्वदेश फिर्ती अभियानमा आफू कहिल्यै नथाक्ने उनको प्रण छ। डा। राईले भने, ‘मान्छेको जिउनुको उद्देश्य हुन्छ। तर मेरो उद्देश्य भनेको भुटानी शरणार्थी सकुशल मातृभूमि फर्काउने अभियान चलाएर सफल बनाउने नै हो। म मरेर गए पनि मेरो देश प्रेम मर्दैन।

डा. राई अहिले आफ्ना गाउँ घरका साथीभाइ सबै टाढिएपछि निकै दुःख लागेको अनुभूति सनाउँछन्। तर उनको एक्लो प्रयासले सबै भुटानी शरणार्थीलाई रोकेर राख्ने अवस्था पनि थिएन। त्यसैले डा. राई भन्छन्, ‘म एक्लोले उनीहरुको माग र आवश्यक्ता पूरा गर्नसक्ने अवस्था रहेन। मेरा साथीभाइ सबै तेस्रो मुलुक पुर्नस्थापनामा गए। तर उनीहरुको म सम्मान गर्छु। दुःख चाँहि लाग्दो रहेछ।’

उनको अनुभवमा शरणार्थी समुदायमा देशका लागि तथा आफ्नो पहिचानका लागि संकल्प गर्नेहरुको संख्या न्यून रह्यो। उनले भने, ‘देश के हो ? हाम्रो भूमिका के हो ? अनि हामी कसरी बस्ने भन्ने कुराको अभाव भयो।’

भुटान सरकारका कन्सल्टेन्ट सर्जन् रहेका उनलाई भुटान सरकारले नखेदाएपनि त्यत्रा विघ्न नेपालीभाषी भुटानीहरु खेदिएपछि उनलाई भुटानीहरुको स्वास्थ्य चिन्ताले नेपालतिरै तान्यो। करीब २२ बर्षदेखि उनी भुटानी शरणार्थीहरुको स्वास्थ्य सेवामा खटिएका छन्।

बंगलादेशको ढाका विश्वविद्यालयमा चिकित्सा शास्त्र अध्ययन गरेका डा।.राई सन् १९७५ सालदेखि चिकित्सा पेसामा संलग्न छन्। सन् १९७९ देखि भुटान सरकारको कन्सल्टेन्ट सर्जनको रुपमा काम गर्दै आएकोमा जब भुटानबाट नेपाली भाषीहरुलाई लखेट्न सुरु गरियो तब आफ्ना दाजु भाइको स्वास्थ्य चिन्ताले उनलाई पनि नेपालतिर तान्यो।

राईले भने, ‘मलाई जा भनेर त भनेको होइन। तर यत्रा धेरै दाजु-भाई दिदी बहिनी विरामी परे भने कस्ले हेर्छ भनेर नै म पनि शरणार्थी भएर आएको हो।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?