सरकारले उठायो ७३१ अर्ब राजस्व, भन्सार र आन्तरिक राजस्व विभाग लक्ष्य भन्दा पछाडि

सरकारले उठायो ७३१ अर्ब राजस्व, भन्सार र आन्तरिक राजस्व विभाग लक्ष्य भन्दा पछाडि
+
-

काठमाडौँ- सरकारले लक्ष्य अनुसार बजेट खर्च गर्न नसके पनि राजस्व भने लक्ष्य भन्दा बढी संकलन गरेको छ। लगातार दुई महिना लक्ष्य भन्दा १३ अर्ब रुपैयाँ बढी राजस्व संकलन हुदाँ सरकारलाई लक्ष्य पूरा गर्न सहज भएको छ।

वैशाख मसान्तसम्म लक्ष्य भन्दा १३ अर्ब रुपैयाँ कम राजस्व संकलन भएकोमा जेठ र असारमा लक्ष्य भन्दा ७-७ अर्ब रुपैयाँ बढी राजस्व संकलन हुँदा सरकारले लक्ष्य भन्दा १ अर्ब रुपैयाँ बढी राजस्व उठाएको हो।

गत आर्थिक वर्षमा ७ खर्ब ३० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएकोमा ७ खर्ब ३१ अर्ब रुपैयाँ संकलन भएको हो।

गैर कर र अन्य कर (सडक मर्मत सम्भार लगाएत ) लक्ष्य भन्दा १६ अर्ब रुपैयाँ बढि उठेपछि सरकारलाई राजस्व लक्ष्य पुर्याउन सहज भयो।

गत आर्थिक वर्षमा गैर कर राजस्व लक्ष्य ६३ अर्ब रुपैयाँ भएकोमा ७१ अर्ब रुपैयाँ संकलन भएको छ। यस्तै अन्य कर १२ अर्ब रुपैयाँ उठाउले लक्ष्य राखिएकोमा २० अर्ब रुपैयाँ संकलन भयो।

लक्ष्य भन्दा १ अर्ब रुपैयाँ बढी राजस्व संकलन हुँदा पनि आन्तरिक राजस्व विभाग र भन्सार विभागले भने राजस्व लक्ष्य पूरा गर्न सकेनन्।

प्रारम्भिक तथ्यांक अनुसार भन्सार विभागले ३ खर्ब १५ अर्ब रुपैयाँ संकलन भएको भन्सार विभागका महानिर्देशक तोयम रायले जानकारी दिए।विभागको राजस्व लक्ष्य ३ खर्ब २५ खर्ब रुपैयाँ रहेको थियो।

उच्च कर लाग्ने गाडि लगाएका सामानहरुको आयातमा गिरावट भएकाले लक्ष्य अनुसारको राजस्व संकलन हुन नसकेको महानिर्देशक रायले दाबी गरे। उनले भने, ‘नयाँ सरकार बनेपछि भन्सारमा गरिएको परिवर्तनले पनि लक्ष्य नजिक पुर्याउन सहयोग गरेको हो। सम्पुर्ण पक्षले इमान्दारीता देखाउने हो आगामी वर्षको ४ खर्ब २० अर्ब रुपैयाँ लक्ष्य संकलन हुन्छ। र आगामी वर्षको लक्ष्य पुरा गर्न हामी प्रतिबद्ध छौं।’

भन्सार विभागले संकलन गरेको राजस्वमा भ्याट फिर्ता गर्दा सरकारी ढुकुटीका प्रारम्भिक तथ्याकं अनुसार ३ खर्ब १० अर्ब रुपैयाँ जम्मा भएको महालेखा नियन्त्रण कार्यालयले जनाएको छ।

गत आर्थिक वर्षको सुरुवातदेखि लक्ष्य भन्दा कम राजस्व संकलन गरिरहेको भन्सार विभागले असारमा भने लक्ष्य भन्दा १ अर्ब रुपैयाँ बढी राजस्व उठायो।

महालेखा नियन्त्रण कार्यालयका अनुसार आन्तरिक राजस्व विभागले पनि लक्ष्य भन्दा १ अर्ब रुपैयाँ कम राजस्व संकलन गरेको छ। विभागको राजस्व लक्ष्य २ खर्ब ९९ अर्ब रुपैयाँ भएकोमा २ खर्ब ९८ अर्ब रुपैयाँ संकलन भएको छ।

घर जग्गा रजिष्ट्रेसन, सवारी कर लक्ष्य भन्दा  केही बढी उठेकाले सरकारलाई लक्ष्य भेट्याउन सहज भएको छ। घर जग्गा रजिष्ट्रेसन शुल्क १८ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकोमा १९ अर्ब रुपैयाँ संकलन भएको छ।

यस्तै सवारी कर ९ अर्ब ८८ करोड रुपैयाँ रहेकोमा १० अर्ब ६८ करोड रुपैयाँ संकलन भएको छ।

सरकारले असार महिनामा ९३ अर्ब ४९ करोड रुपैयाँ लक्ष्य रहेकोमा १ खर्ब ८ करोड रुपैयाँ संकलन गरेको हो।

यो पनि पढ्नुहोस्

लक्ष्यभन्दा बढी उठ्यो जेठमा राजस्व: ५८ अर्ब उठ्ला भनेको ६४ अर्ब!

लक्ष्यभन्दा बढी उठ्यो जेठमा राजस्व: ५८ अर्ब उठ्ला भनेको ६४ अर्ब!

लक्ष्य भन्दा १३ अर्ब कम उठ्यो राजस्व, दुई महिनामा उठ्ला १ सय ६५ अर्ब?

लक्ष्य भन्दा १३ अर्ब कम उठ्यो राजस्व, दुई महिनामा उठ्ला १ सय ६५ अर्ब?

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’