काठमाडौँ- रेखा थापाले आफूलाई नेपाली चलचित्र उद्योगमा विभिन्न रुपले स्थापित गरेकी छन्। उनी हिरोइन हुन्, अभिनेता हुन्, निर्माता हुन् अनि हुन् निर्देशक पनि। सबै भूमिकामा रेखाले आफूलाई अब्बल तरिकाले स्थापित गरेकी छन्।
उनले १६ वर्ष लामो करिअरमा रोमान्स गरिन्, सामाजिक विषयमा गम्भीर अभियन गरिन्। अनि महिलालाई मुख्य भूमिकामा चलचित्रमा स्थापित पनि गरिन्।
उनी अहिले आफै निर्देशक भएर चलचित्रमा त्यति नसमेटिको विषय सुदूर पश्चिममा हुने बालविवाह र अरु हिंसाका विषय समेटिको कथा बोल्ने मालिका लिएर आएकी छन्।
रेखाको चलचित्र मालिकाको गीत सार्वजनिक भएको छ। गीत सार्वजनिक कार्यक्रममा रेखाको विभिन्न रुप देखियो, उनी गम्भीर भइन् अनि तत्कालै उत्साहित र रोमाञ्चित पनि।