
देश सञ्चार
साउन १, २०७५

अ
+
अ
अ
-
पोखरा- पोखराको भाटभटेनी सुपर मार्केटको अण्डरग्राउन्डमा पार्किङमा राखिएको एक कारमा आगो लागेको छ। पार्किङ गरिएको बा ८ च १०५० नम्बरको कारमा मंगलवार अपरान्ह आगो लागेको हो।
आगालागीबाट कारको अघिल्लो भागमा क्षति पुगेको छ। आगो सुपर मार्केटका कर्मचारी र दमकलले नियन्त्रणमा लिएका थिए। आगलागी के कारणले लागेको हो भन्ने खुल्न सकेको छैन ।