 
                            एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरुका लागि मिस्ड कल बैंकिङ्ग सेवा सुरु गरेको छ । विभिन्न शहरी, ग्रामीण तथा दुर्गम जिल्लाहरुमा आफ्नो उपस्थितिलाई बलियो पार्न मिस्ड कल बैंकिङ्ग सेवा पनि सुरु गरिएको बैंकले जनाएको छ ।
यो सेवा मार्फत ग्राहकहरुले मिस्ड कल गरेर ब्यालेन्स थाहा पाउने, मिनि स्टेटमेन्ट जानकारी अर्थात अन्तिम ३ वटा कारोबारको जानकारी एसएमएसबाट थाहा पाउने र कलब्याक सेवा मार्फत विभिन्न सुविधाको बारेमा जानकारी प्राप्त गर्न सकिने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा सूचना अधिकारी सुधिर नाथ पाण्डेले जानकारी दिए ।
उनले ब्यालेन्स जानकारीका लागि ९८०१२२७७३३, मिनी स्टेटमेन्ट जानकारीका लागि ९८०१२२७७४४ कलब्याक सेवाका लागि ९८०१२२७७५५ नम्बरमा मिस्ड कल गर्न सकिने जानकारी दिए ।

 
                                                                                                                     
                             
                             
                             
                             
                             
                             भर्खरै
भर्खरै लोकप्रिय
लोकप्रिय 
                                         
                                         
                                         
                                         
                                        
 
                 
                 
                 
                 
                 
                 
                 
                 
                





















 
 





































































 
 







































 
 

































































