 
                            काठमाडौँ- हिम इलेक्ट्रोनिक्सले संचालन गर्दै आएको सामसुङ प्लाजाले आफ्नो १५ औँ वार्षिकोत्सव मनाएको छ ।
१५ वर्षको स्थापना दिवसको अवसरमा कम्पनीले निर्मल विद्यापथ स्कुलका २७ जना छात्रा र अजाद स्कुलका २३ जना छात्रा गरी ५० जना छात्रालाई छात्रवृत्ति तथा शैक्षिक सामग्री प्रदान गरेको छ ।
त्यसका लागि कम्पनीले आस्मा फाउन्डेसनका अध्यक्ष केशरी तुलाधरलाई २ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्ने उदेश्यले छात्रवृत्ती प्रदान गरिएको कम्पनीले जनाएको छ ।

 
                                                                                                                     
                             
                             
                             
                             
                             
                             भर्खरै
भर्खरै लोकप्रिय
लोकप्रिय 
                                         
                                         
                                         
                                         
                                        
 
                 
                 
                 
                 
                 
                 
                 
                 
                





















 
 





































































 
 







































 
 

































































