नेप्सेका सिइओले हाजिर गर्न पाएनन्

नेप्सेका सिइओले हाजिर गर्न पाएनन्
+
-

काठमाडौँ – नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउँदले आफूलाई बुधबार हाजिर गर्न नदिइएको बताएका छन् ।

अध्यक्ष लक्ष्मण न्यौपानेले हाजिर गर्न नआउन भनेकाले आफू कार्यालय नगएको साउँदले बताएका छन् । साउदले देश सञ्चारसँग भने, ‘नेप्सेका अध्यक्षले आज नआउन मौखिक रुपमा भने, लिखित केही पनि आएको छैन । त्यसैले गइनँ ।’

यस्तै अध्यक्ष न्यौपानेले भने आफूलाई अर्थ मन्त्रालयबाट दबाब आएकाले साउदलाई कार्यालयमा नआउन भनेको बताएका छन् । उनले भने, ‘अर्थ मन्त्रालयबाट साउदलाई हाँजिरका लागि नआउन भन्ने भनियो, त्यसैले मैले उहाँलाई जानकारी गराएको हुँ ।’

गएको असार २० गते सरकारले गरेको निर्णयपछि बर्खास्त भएका साउँद गएको आइतबार सर्वोच्चले त्यो निर्णय कार्यान्वय नगर्न भनेपछि कार्यालय गएका थिए। उनले मंगलबार हाजिर गरेका थिए ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’