मेयर सुब्बाको अन्तिम संस्कार

मेयरको निधनमा धरानमा दुई दिन शोक विदा

मेयरको निधनमा धरानमा दुई दिन शोक विदा
+
-

सुनसरी- धरान उपमहानगरपालिकाले मेयर तारा सुब्बाको निधनपछि नगरमा दुई दिने शोक विदा दिने निर्णय गरेको छ।

छातीमा निमोनियाको इन्फेक्सनका कारण मेयर सुब्बाको मङगलबार काठमाडौंमा निधन भएको थियो।

सुब्बाको सम्मानमा धरान उपमहानगरपालिकाले दुई दिन शोक बिदा दिने निर्णय गरेको हो।

उपमहानगरपालिकामा बसेको कार्यपालिका बैठकले अन्त्येष्टि गरिने दिन र भोलिपल्ट दुई दिन शोक बिदा दिने निर्णय गरेको हो। त्यसै गरि बुधबार देखि ७ दिन सम्म सम्पूर्ण सरकारी कार्यालयहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने र सातै दिन शोक पुस्तिका राख्ने पनि निर्णय गरेको धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले जानकारी दिइन्।

सुब्बाको साउन ५ गते शनिबार अन्त्येष्टि गरिने भएको छ। सुब्बाको पार्थिव शरिरलाई उपमहानगरपालिकाको परिषरमा कर्मचारीहरुका लागि श्रद्धान्जली सभाको आयोजना गर्ने र नगरवासीहरुका लागि पब्लिक उच्च माविको खेलमैदानमा श्रद्धान्जली सभाको आयोजना गरिने जनाएको छ।

काठमाडौ स्थित ग्राण्डी अस्पतालमा निधन भएका सुब्बाको पर्थिव शरिरलाई धरानस्थित वीपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान धरानको सव गृहमा राखिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?