
जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत डा. गोविन्द केसीलाई लिन सरकारले हेलिकप्टर पठाएपनि डा. केसीका समर्थकले अवरोध गरेका छन् ।
प्रहरी सादा पोशाकमा अस्पतालमा पसेपछि डा. केसीका समर्थक विरोधमा उत्रिएका हुन् । हेलिकप्टर अस्पताल नजिकै ल्याण्ड भएको छ । तर उनका समर्थकले अपस्ताललाई घरेकाले काठमाडौँबाट गएकाहरु जान पाएका छैनन् ।
डा. केसीका समर्थकले अहिले नाराबाजी गरिरहेका छन् । अस्पताल र त्यस वरपर ठूलो संख्यामा प्रहरी खटिएका छन् । प्रतिष्ठानमा रहेका विद्यार्थीले मानव सांग्लो बनाएका छन् । उनीहरुले नाराबाजी पनि गरेका छन् ।