
जुम्ला – डा. गोविन्द केसीलाई लिन सेनाको हेलिकप्टर जुम्ला पुगेको छ । तर हेलिकप्टर पुगे पनि डा. केसीलाई बाहिर ल्याउन वा उनलाई भेट्न दिइएको छैन ।
सेनाको हेलिकप्टर डा. केसी अनशनमा बसेको ठाउँ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ३०० मिटर पर रहेको सेनाको भगवती दल गुल्ममा स्ट्याण्डबाई बसेको छ ।
साथमा स्वास्थ्य विभागका महानिर्देशक डा. गुणराज लोहनी, कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र शाही तथा सामाजिक व्यवस्था मन्त्री नरेश भण्डारी पनि पुगेका छन् ।
उनीहरुले डा. केसीलाई भेट्ने प्रयास गरेका छन् तर विद्यार्थीले दिएका छैनन् । अस्पताल परिसर र वरपर प्रहरी परिचालन गरिएको छ । यस्तै सेनाको टोली पनि पुगेको छ । सर्वसाधारणहरु पनि जम्मा भएका छन् ।