
काठमाडौं- सरकारको यातनापछि जुम्लाबाट काठमाडौं फर्कने तयारीमा रहेका डा.गोविन्द केसीका समर्थकले भने काठमाडौंको माइतीघर मण्डलामा वृहत प्रदर्शन गरेका छन्। उनीहरुले १२ बजेको चर्को घाममा छाता ओढेर डा. केसीको माग सम्बोधन गर्न सरकारविरुद्ध नाराबाजी गरेका छन्।
उनीहरुले कालो ब्यानरमा ‘माफियामुखी ऐन चाँहिदैन, तानाशाही ओली सरकार, मेडिकल माफियाको मतियार, गुणस्तरीय र निशुल्क शिक्षामा सबै पहुँच सुनिश्चित गर’ लगायतका नारा लेखेर प्रदर्शन गरेका हुन्।
जुम्लामा प्रहरीले डा. गोविन्द केसीका समर्थकमाथि लाठी चार्ज गरेको थियो।डा.केसीलाई प्रतिस्पथापन विधेयक फिर्ता नभइ जाने नदिने अडानका साथ उनको समर्थनमा रहेका डाक्टर, नर्स र आमनागरिकमाथि प्रहरीले लाठी चार्ज गरेको थियो।
देश सञ्चारका फोटो पत्रकार सुभल श्रेष्ठले क्यामेरामा कैद गरेका तस्बिरहरु