धरानका मेयर तारा सुब्बाको अन्त्येष्टी

धरानका मेयर तारा सुब्बाको अन्त्येष्टी
+
-

धरान– उपचारका क्रममा गत मंगलबार काठमाडौंमा निधन भएका धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको आज अन्त्येष्टी गरिएको छ।

सुब्बाको शनिबार धरान १९ स्थित हरियाली पार्कमा लिम्बु संस्कार अनुसार दाह संस्कार गरिएको हो । ५२ वर्षिय सुब्बाको शव परिवारका सदस्य हङकङ तथा युकेबाट नआइसकेका कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको थियो।

सोही क्रममा विहान आफ्ना आफन्तले घरमै श्रद्धाञ्जली अर्पण गरिसकेपछि सुब्बाको शव श्रद्धाञ्जलीका लागि धरान उपमहानगरपालिकाको प्रांगणमा राखिएको थियो । यसक्रममा उपमहानगरपालिका पदाधिकारी कर्मचारी तथा २० वडाका पदाधिकारीहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।

नगरपालिकामा सरकारी सम्मानसहित सुब्बाको शबमा नगरपालिकाको झण्डा ओढाएर सम्मान गरिएको थियो । त्यसपछि धरानका सर्वसाधारणका लागि श्रद्धाञ्जली अर्पण गर्न शव धरान १२ चतरालाइनमा रहेको पब्लिक माविको प्रांगरणमा राखिएको थियो।

पब्लिक माविको प्रांगरणमा नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेल, प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईलगायत अन्य मन्त्रीहरु, पार्टी केन्द्रीय सदस्य भानुभक्त ढकाल, प्रहरी प्रमुख, निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुले सुब्बाप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए।

श्रद्धाञ्जलीका क्रममा रक्षामन्त्री पोखरेलले मेयर तारा सुब्बा अन्त्यन्तै जुझारु, विकासप्रेमी, धरानेहरुकामात्र सबैका प्रिय पात्रका रुपमा रहेको बताए।

उनले भने, “सुब्बा जस्तो व्यक्तित्वलाई गुमाउनु पर्दा नगरले ठूलो क्षति व्यहोरेको त छदैछ, अब धरानका स्थानीयमा सुब्बाले ल्याएका योजनालाई पूरा गर्नुपर्ने जिम्मेवारी रहनेछ।”

श्रद्धाञ्जलीका लागि पब्लिक माविको मैदानमा हजारौ सर्वसाधारणको उपस्थिति रहेको थियो। श्रद्धाञ्जलीसभा पश्चात सुब्बाको शव धरान बजार परिक्रममा गरिएको थियो। दुई साताभन्दा लामोसमयदेखि छातीको संक्रमणबाट पीडित सुब्बाको काठमाडौको ग्राण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?