
धनगढी- बझाङको खप्तडछान्ना गाँउपालिका वडा नम्बर ६ बयानामा पहिरोमा परी एकै परिवारका तीन जनासहित चार जनाको घटनास्थलमा नै मृत्यु भएको छ।
घटनामा परी २ जना घाइते भएको प्रहरीले जनाएको छ। घटनामा परी खप्तडछान्ना गाँउपालिका वडा नम्बर ६ बयाना निबासी ४५ बर्षीया उजलीदेवी थापा, उनकी बुहारी ३२ बर्षीया महेश्वरी थापा र उनका ६ बर्षीया छोरा कृष्ण थापा रहेको वडा सदस्य प्रेमबहादुर थापाले जानकारी दिएका छन्।
यस्तै सोही गाँउका २० बर्षिया मंगल थापाको पनि घटनास्थलमै मृत्यु भएको वडा सदस्य थापाले बताए । घटनामा परी सोही गाँउका ५ बर्षिया कविराज थापा र रिकेश थापा घाईते भएका छन् । गाँउ नजिकै रहेको शिव मन्दिर गलेगडामा पहिरो जाँदा चौतारामा बसी रहेका र बाटोमा हिड्दै गरेका उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । एकै परिवारका सहित एकै गाँउमा चार जनाको मृत्यु भएपछि गाउमा रुवाबासी भएको छ भने गाँउ शोकमा डुबेको छ ।