
काठमाडाैँ – देशभरको मौसम सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनी गतिविधि सक्रिय रहेकाले देशका अधिकांश क्षेत्रमा बदली हुने र पानी पर्ने सम्भावना रहेको मौसमविद मञ्जु बासीले जानकारी दिइन् ।
देशभरका ठाउँमा हल्कादेखि मध्यस्तरको पानी पर्ने सम्भावना रहेको दिनभरि नै मौसम बदली हुने मौसमविद बासीले बताइन् । केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना पनि छ ।
न्युन चापीय क्षेत्र बलियो भएकाले आइतबार पूर्व तथा मध्य क्षेत्रमा वर्षासँगै हावाहुरी चल्ने सम्भावना पनि देखिएको छ । दिउँसोमा पूर्वी क्षेत्र तथा बेलुकातिर पूर्वसँगै मध्य क्षेत्रका विभिन्न ठाउँमा वर्षासँगै हावाहुरी चल्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
मनसुनी गतिविधि सक्रिय रहेकाले यो समयमा चट्याङ्ग पर्ने सम्भावना कम हुने तर न्युन चापीय प्रणाली थप प्रभावकारी भएकाले हावाहुरीको सम्भावना देखिएको हो ।