सङ्ग्रहालयमा बिपीको सम्झना

सङ्ग्रहालयमा बिपीको सम्झना
+
-

काठमाडौँ- प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको ३६औँ स्मृति दिवस सुन्दरीजलस्थित बिपी सङ्ग्रहालयमा मनाइएको छ ।

बिपी सङ्ग्रहालय समितिले आयोजना गरेको कार्यक्रमका वक्ताले बिपीले नेपालको लोकतान्त्रिक आन्दोलन, लोकतान्त्रिक समाजवाद र नेपाली साहित्य क्षेत्रमा पुगाएको योगदान अविस्मरणीय रहेको उल्लेख गरे ।

विसं २०१७ पुस १ गतेको ‘कू’ पछि प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई २०२५ सालसम्म सुन्दरीजल बन्दीगृहमा राखिएको थियो ।

प्रधानमन्त्री बन्नुअघि ‘दोषी चश्मा’ कथासङ्ग्रह प्रकाशन गरेका कोइरालाले राजनीतिक व्यस्तताका कारण साहित्य सिर्जनामा समय दिन पाएका थिएनन् ।

आठवर्षे कारागार जीवनमा कोइरालाका ‘श्वेतभैरवी’, ‘मोदीआइन’, ‘सुम्निमा’, ‘बाबु, आमा र छोरा’, ‘हिटलर र यहुदी’, ‘तीन घुम्ती’ उपन्यास, ‘आफ्नो कथा’, ‘जेल जर्नल’, ‘फेरि सुन्दरीजल’ आत्मजीवनीलगायत पुस्तक प्रकाशन भएका छन् । उनको गणेशराज शर्माको सम्पादनमा ‘आत्मवृत्तान्त’ पनि प्रकाशित छ ।

स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले बिपीले नेपाली राजनीति र साहित्यमा पुगाएको योगदान भावी पुस्ताका लागि अनुकरणीय रहेको बताए । कांग्रेस महासमिति सदस्य लोकेश ढकालले बिपीलाई कारागार जीवन साहित्य सिर्जना गर्ने अवसर बनेको बताए । सङ्ग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेलले सुन्दरीजल बन्दीगृहलाई साहित्य, राजनीति र दर्शनको त्रिवेणीधामका रुपमा विकास गरिने बताए ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सङ्ग्रहालय पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । बन्दीगृहलाई २०६१ भदौ २४ गते सङ्ग्रहालयमा परिणत गरिएको थियो । सङ्ग्रहालयमा बिपीको जीवनका महत्वपूर्ण चिजबिजको सङ्ग्रह गरिएको छ । भूकम्पपछि ती सामग्रीलाई एउटा कोठामा राखेर पुनःनिर्माण शुरु गरिएको होे ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?