मलेरिया निको पार्ने अचुक औषधि, टाफानोक्वाइन

बल्झिरहने मलेरिया निर्मुल पार्ने औषधिले पायो स्वीकृति

बल्झिरहने मलेरिया निर्मुल पार्ने औषधिले पायो स्वीकृति
+
-

मलेरियाको उपचारका लागि प्रयोग हुने अर्थात मलेरिया निको पार्ने औषधिले मान्यता पाएको छ । पछिल्लो ६० वर्षमा पहिलोपटक मलेरियाको उपचारका लागि चक्की आकारको औषधिलाई अमेरिकाले सार्वजनिक प्रयोगका लागि स्वीकृति दिएको हो ।

बारम्बार दोहोरिने अर्थात संक्रमण हुने मलेरियाको उपचारका लागि तयार पारिएको औषधिले मान्यता पाएको हो । यस्तो खालको मलेरियाबाट हरेक वर्ष विश्वभरमा ८५ लाख मानिस संक्रमित हुने गरेका छन् ।

यस्तो मलेरिया धेरैपटक देखिने र त्यसको उपचार गर्दा पनि कलेजोमा निष्क्रिय अवस्थामा रहने गर्दछ । वैज्ञानिकले यस्तो मलेरिया निको पार्न सक्ने औषधि टाफानोक्वाइन तयार पारेका हुन् र यसले स्वीकृति पाएको छ ।

टाफानोक्वाइन मलेरियाको उपचारमा असाधारण उपलब्धी रहेको वैज्ञानिकले बताएका छन् । अब विश्वभरका स्वास्थ्य अधिकारीले यो औषधि आफ्नो देशका नागरिकका लागि उपयुक्त रहे नरहेको हेर्ने छन्, त्यसपछि मात्रै उनीहरुले सिफारिस गर्ने छन् ।

प्लाज्मोडियम विवाक्स परजीविका कारण लाग्ने मलेरिया एकै व्यक्तिमा बारम्बार देखिने गरेको छ । किनकी यो परजीवि कलेजोमा निष्क्रिय अवस्थामा रहन्छ र सक्रिय हुन मिल्ने वातावरण पाए लगत्तै संक्रमण देखिन्छ । यस्तो खालको मलेरिया विशेष गरी अफ्रिकाको सब–साहारा क्षेत्रमा पाइन्छ ।

एकपटक यो मलेरियाको संक्रमण भएका व्यक्तिलाई लामखुट्टेले एकपटक मात्रै टोक्दा पनि मलेरिया सक्रिय बनाउने दर बढी हुन्छ । विशेष गरी बालबालिकामा यस्तो खतरा ज्यादा रहेको पाइन्छ । यसले गर्दा हरेक पटक संक्रमित हुँदा बालबालिका कमजोर हुने र पढाई पनि छुट्ने गरेको छ ।

यस्तो मलेरियाको संक्रमण भएका व्यक्ति नजानिदो रुपमा रोग फैलाउने माध्यमका रुपमा रहेका हुन्छन् । उनीहरुलाई टोकेको लामखुट्टेले अरुलाई टोकेमा रोग फैलिन्छ । यसले गर्दा मलेरिया नियन्त्रणमा समस्या हुँदै आएको छ ।

अब त्यसको उपायको रुपमा टाफानोक्वाइन औषधि आउने भएको छ । अमेरिकाको खाद्य तथा औषधि व्यवस्थापन विभाग, एफडिएले टाफानोक्वाइनलाई स्वीकृति दिएको छ ।

यो औषधिले संक्रमित व्यक्तिको कलेजोमा निष्क्रिय अवस्थामा रहेको मलेरिया फैलाउने परजीविलाई पनि निमिट्यान्न पार्नेछ । यो औषधिले फेरि मलेरिया लाग्न दिने छैन । यो औषधि तत्काल भएको मलेरिया संक्रमणको उपचारका लागि अरु औषधिसँगै लिन सकिने वैज्ञानिकले बताएका छन् ।

कलेजोमा लुकेर रहेको मलेरियाको उपचारका लागि अहिले प्रिमाक्वाइन नामको औषधि प्रयोग हुँदै आएको छ । तर टाफानोक्वाइन एकपटक मात्रै खाँदा रोग पूर्णरुपमा निको हुन्छ भने प्रिमाक्वाइन १४ दिनसम्म खानु पर्छ । धेरै व्यक्तिले प्रिमाक्वाइन केही दिन खाएपछि निको भएजस्तो मानेर खान छोड्ने गरेकाले फेरि संक्रमण देखिने गरेको छ ।

तर टाफानोक्वाइन एकपटक मात्रै खाए हुने भएकाले दोहोरिने खालको मलेरियाको उपचारका लागि अचुक औषधि हुने वैज्ञानिकले बताएका छन् ।

टाफानोक्वाइन इन्जाइम सम्बन्धी समस्या भएका व्यक्तिले खान नमिल्ने एफडिएले बताएको छ । यस्ता व्यक्तिले यो औषधि खाएमा गम्भीर खालको एनिमिया हुने खतरा रहन्छ । यस्तै मानसिक समस्या भएका व्यत्तिलाई पनि यो औषधिले साइड इफेक्ट गर्ने देखिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?