
काठमाडौँ – लक्ष्मी बैंकले विभिन्न जिल्लामा आफ्ना पाँच शाखा बिस्तार गरेको छ ।
बैंकले सोलुखुम्बुको दुधकौशिका, ताप्लेजुङ्गको सब्लाखु र थेचम्बु गाउँपालीका, सुर्खेतको चौकुने र रुकुमको बाँफीकोटेमा नयाँ शाखा संचालनमा ल्याएकोे हो । नयाँ शाखाको साथ लक्ष्मी बैंकको शाखा संजाल ४६ जिल्लामा ९४ शाखा पुगेको छ ।
३ हस्पिटल सेवा काउन्टर, १ सय ४ एटिएम, २ हजार ५ सय भन्दा बढि रेमिटेन्स्, ५१ शाखा रहित बैंकिङ्ग सेवा र ४ सय भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको बैंकले जनाएको छ ।
थपिएका शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि ब्यापक बनाउने विश्वास लिएको जनाएको छ ।