‘स्वस्तिमा’ किन रोइन्?

किन आयो स्वस्तिमाको आँखामा आँसु?

किन आयो स्वस्तिमाको आँखामा आँसु?
+
-

आफूले माया गरेको मान्छेले बेवास्ता गरेपछि कसको मन दुख्दैन र! सायद यही नै कारण थियो जसले नायिका स्वस्तिमाको आँखामा आँसु ल्यायो। नायिकाले आफ्नो प्रेमीलाई मनका कुराभन्दा उनले बेवास्ता गरिदिए र उनी रोइन्।

यो दृष्य ‘नाइँ नभन्नु ल’ को पाँचौ संस्करणमा भएको गीतको हो। मेरिना राईले गाएको गीतमा स्वस्तिमा आफ्नो प्रेमी अभिषेक नेपाललाई भन्दैछिन्, ‘तिम्रो आँखामा आँखा जुधाई भन्नु छ एउटा कुरा, तिमीबिना अधुरो छुँ म, तिम्रो साथ पाए हुन्छु पूरा’ गीत मार्फत उनी नायकलाई आग्रह गर्दैछिन् ‘नाई नभन्नु ल।’

विकासराज आचार्यको निर्देशनमा बनेको ‘नाई नभन्नु ल – ५’ को गीत मंगलबार राइजिङ मलमा सार्वजनिक भएको छ। गीतमा नायिका स्वस्तिमा खड्का नव नायक अभिषेक नेपाल, यही चलचित्रबाट डेब्यू गरेकी बाल कलाकार सेडरिना शर्मा देखिएका छन्।

इलामको सुन्दर वातावरण र विपी राजमार्गको दृष्य गीतमा समावेश गरिएको छ। यो गीतलाई दिनेश थपलियाले लेखेका हुन्। बसन्त सापकोटाको संगीतलाई सञ्जिव बराइलीले एरेन्ज गरेका हुन्।

चलचित्र नाई नभन्नु ल – ५ भदौ ८ मा रिलिज हुँदैछ। चलचित्रमा निरुता सिंह, दिलिप रायमाझि, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तीमा खड्का, अनुभव रेग्मी, अभिषेक नेपाल, सेडरिना शर्मा लगायत अरु कलाकारलाई देख्न सकिन्छ।

माया भित्र भएको द्वन्द्वलाई चलचित्रमा देख्न सकिने निर्देशक विकास राज आचार्यले बताए। चलचित्रको ट्रेलर केहि दिन अगाडि सार्वजनिक भइसकेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?