
ग्रिसको जंगलबाट फैलिएको भीषण आगलागीका कारण कम्तिमा ७४ जनाको ज्यान गएको छ । समुद्र नजिकै एक अर्कालाई अंगालो हालेर आगोबाट जोगिने प्रयासमा रहेका २६ जनाको शव भेटिएको छ ।
१०० किलोमिटर प्रतिघण्टाको गतिमा चलेको हावाका कारण आगो फैलिँदै गएको छ । सयौँ अग्निनियन्त्रक आगो निभाउनका लागि प्रयासरत छन् । उद्धार तथा राहतको काम पनि भइरहेको छ।
ग्रिस सरकारले आगलागी भएको क्षेत्रमा राष्ट्रिय आपतकालको घोषणा गरेको छ । सरकारले राजधानी एथेन्सको पूर्व र पश्चिमी क्षेत्रमा आपतकालको घोषणा गरेको हो ।
सल्लाको जंगलमा फैलिएको आगोले धेरै ठाउँ ओगटेको छ । ग्रिसले आगलागी नियन्त्रण गर्न अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ ।

तस्बिर : रोयटर्स
राजधानी एथेन्सबाट ४० किलोमिटर उत्तर–पूर्वमा समुद्र किनारमा रहेको मातीको रिसोर्टमा फसेकाहरुको ज्यान गएको छ । आगलागीका कारण सय भन्दा धेरै घाइते भएका छन् ।

तस्बिर : एएफपी

तस्बिर : एएफपी

तस्बिर : एएफपी

तस्बिर : एएफपी

तस्बिर : इपिए

तस्बिर : कालोगिरिकोस निकोस

तस्बिर : कालोगिरिकोस निकोस

तस्बिर : कालोगिरिकोस निकोस

तस्बिर : कालोगिरिकोस निकोस

तस्बिर : कालोगिरिकोस निकोस