ब्रोडब्यान्ड इन्टरनेटको मूल्य घटेपनि डाटाको मूल्य भने यथावत

ब्रोडब्यान्ड इन्टरनेटको मूल्य घटेपनि डाटाको मूल्य भने यथावत
+
-

काठमाडौँ- सरकारद्वारा ब्रोडब्यान्ड (तारबाट घरसम्म ल्याइने) इन्टरनेटमा बढाएको मूल्य तत्कालका लागि फिर्ता भए पनि फोन डाटाको मूल्य भने यथावत नै कायम रहने छ।

सञ्चार मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले इन्टरनेटको मूल्य वैज्ञानिक बनाउने मन्त्रालयको योजना अनुसार ब्रोडब्यान्ड इन्टरनेटमा मूल्य समायोजन गर्ने सहमति भए पनि डाटाको विषयमा केही नयाँ निर्णय नभएको जानकारी दिए।

उनले भने, ‘अब असारमसान्तमा तिरेको बिल तिरेरै इन्टरनेट चलाउन पाइन्छ। तर फोन डाटाको विषयमा  नयाँ निर्णय केही भएको  छैन।’

सरकारले इन्टरनेटमा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लगाएपछि इन्टरनेट सेवा प्रदायकले इन्टरनेटको मूल्य बृद्धि गरेका थिए। ‘बजेटमार्फत लगाइएको इन्टरनेटको कर घटेको छैन। अहिलेको अवस्थामा पुरानै मूल्यमा सेवा दिन इन्टरनेट प्रदायकहरु सहमत भएका हुन्,’ ढकालले देशसञ्चारसँग भने।

इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको कार्यदलको बैठकमा साउन १ गतेदेखि ब्रोडब्यान्ड इन्टरनेटमा बढेको मूल्य घटाउन ईन्टरनेट सेवा प्रदायकहरु सहमत भएका हुे

बिगतका डाटाबाट इन्टरनेट चलाउँदा १३ प्रतिशत मूल्य अभिबृद्धि कर मात्रै लाग्ने गरेको थियो। डाटामा पनि दुरसञ्चार सेवा शुल्क लगाउने सरकारको निर्णय पछि डाटा १३ प्रतिशतले महँगिएको थियो।

यो पनि पढ्नुहोस्

इन्टरनेटको बढेको मूल्य फिर्ता

इन्टरनेटको बढेको मूल्य फिर्ता

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?