टर्मिनल भवनसहितको बसपार्क भदौ पहिलो सातादेखि सञ्‍चालनमा आउने

टर्मिनल भवनसहितको बसपार्क भदौ पहिलो सातादेखि सञ्‍चालनमा आउने
+
-

मोरङ- विराटनगर-११ मा निर्माणाधीन टर्मिनल भवनसहितको बसपार्क भदौ महिनाको पहिलो सातादेखि सञ्‍‍चालनमा आउने भएको छ।

टर्मिनल भवन निर्माणका लागि महानगरपालिका र काठमाडौंको गौरीपार्वती जेभी निर्माण कम्पनीबीच १८ महिनामा भित्र कार्य सम्पन्न गर्ने संझौता भएको थियो।

महानगरपालिकाले गत वैशाखमा नै दुईतल्ले पक्की भवनसहित बसपार्क सञ्चालनमा ल्याउने जमर्को गरेको थियो। तर, त्यसमा प्राविधिक समस्यासंगै मिक्स डिजाइनको परीक्षण समयमा हुननसक्दा टर्मिनल बसपार्कले पूर्णता पाउने सकेको थिएन।

महानगरपालिकाले कालोपत्रे सडकका लागि मिक्स डिजाइनको परीक्षण गर्न इटहरीस्थित सडक डिभिजन कार्यालयलाई सुम्पिएको थियो। त्यहा परीक्षण हुन नसक्दा पुनः महानगरपालिकाले सो परीक्षणका लागि मिक्स डिजाइनको नमुना काठमाण्डौं पठाएको थियो।

यद्धपि हाल भवनको माथिल्लो भाग र सरसफाई कार्य मात्र बाँकी रहेको महानगरपालिका इन्जिनियर एवं टर्मिनल बसपार्क निर्माणका प्रोजेक्ट प्रमुख अर्जुन थापाले जानकारी दिए। केही समस्या समाधान हुन बाकी छ, त्यसलगत्तै आजभोली नै टर्मिनल बसपार्क सञ्चालनमा ल्याउन सक्ने अवस्थामा आफूहरु रहेको प्रोजेक्ट इन्जिनियर थापाले बताए।

त्यसैगरि, बसपार्क निर्माणमा हातेमालो गरिरहेको टोल विकास संस्थाका सचिव उत्तम चौलागाइले भने, ‘टर्मिनल भवनसहितको बसपार्क निर्माण कार्य समयमा नै सकिने छ। उनले भने, ‘केही समयअघिको वर्षाका कारण कालोपत्रे गर्ने कार्यमा विलम्ब भएको हो, अन्यथा बसपार्क सञ्चालनमा ल्याउन कुनै बाधा छैन।’

ऋणमा निर्माण गरिएको यस टर्मिनल भवनबाट महानगरपालिकाले २० वर्षभित्र सम्बन्धित लगानीकर्तालाई ९ प्रतिशत ब्याज तिर्नुपर्नेछ। यस भवनका लागि कुल ८ करोड ४७ लाख रुपैया खर्च लाग्ने महानगरपालिकाले जनाएको छ।

टर्मिनल भवन निर्माणका लागि नागरिक लगानी कोषले ९० प्रतिशत, सरकारी अनुदान ७ दशमलव ५ प्रतिशत र महानगरपालिकाले २ दशमलव ५ प्रतिशत लगानी गरेको छ।

यद्धपि बसपार्क कसरी सञ्चालनमा ल्याउने भन्ने विषयको निक्र्यौल गर्न बाकी रहेको छ। बसपार्कमा अवस्थित विभिन्न यातायात संस्था तथा बसपार्क स्टेक होल्डरले भने, बसपार्कमा प्रवेश गर्ने मुख्य दुइद्धारमा पक्की नाला र एउटा सार्वजनिक शौचालय निर्माण गर्न महानगरपालिकालाई आग्रह गरेको हो।

१६ वटा कोठासहितको टर्मिनल भवनमा, शौचालय, बसटिकट बुकिङ कक्ष, चमेनागृह, यात्रु आश्रयस्थल लगायत रहनेछन्।टर्मिनल बसपार्क निर्मँण भइसकेको पछि, त्यहा बढिमा ५५ वटा सवारी साधन राख्न सकिनेछ।

यस वसपार्कको कुल क्षेत्रफल डेढ विगाह रहेको छ। जसमध्ये टर्मिनल भवनको क्षेत्र भने ४ सय ४२ स्क्वायर मिटर रहेको छ।त्यसैगरी, बसपार्क भित्र ५ सय ५२ दशमलव ५० मिटर लम्बाइको कालोपत्रे सडक निर्माण गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?