सन्दर्भ : विश्व हेपाटाइटिस दिवस

हेपाटाइटिसको बढ्दो खतरा : कसरी बच्ने ?

+
-

काठमाडौँ – विभिन्न संक्रमणका कारण कलेजो सुन्निने अवस्थालाई हेपाटाइटिस भन्ने गरिन्छ । कलेजोमा हेपाटोट्रोपिक भाइरसको संक्रमण भएमा यो रोग लाग्ने गर्छ । हेपाटाइटिस ए देखि इ सम्मका प्रकार हुन्छन् ।

नेपालको कुल जनसंख्याको ०.९ प्रतिशत अर्थात करिव दईलाख पचास हजार मानिसहरुमा हेपाटाइटिस बि र लगभग एकलाख तीस हजार मानिसमा हेपाटाइटिस अनुमान गरिएको छ । हेपाटाइटिस बि र हेपाटाइटिस सि का कारण हरेक वर्ष संसारमा १३ लाख मानिसको मृत्यु हने गरेको अध्ययनहरुले देखाएको छ ।

हेपटाइटिस कस्तो रोग ? कुन भागलाई क्षतिग्रस्त बनाउछ?


हेपाटाइटिस बि र हेपाटाइटिस सि ले कलेजोलाई गम्भीर किसिमको क्षति गराएर कलेजोको क्यान्सर गराउँदछ र मानिसको अकालमा मृत्यु हुने प्रवल संभावना रहन्छ । कलेजोको क्यान्सर गराउने कारणहरुमध्ये आधाभन्दा बढी हेपाटाइटिस बि र हेपाटाइटिस सी ले गराउने गरेको विभिन्न अध्ययनले देखाएका छन् ।

क्यान्सरबाट मृत्य हने १२ जना मध्ये एकजना कलेजोको क्यान्सरबाट ज्यान गुमाउने गर्दछन्। पछिल्ला समयमा एचआइभी एड्स, क्षयरोग र मलेरिया नियन्त्रण तथा उपचारमा लगानी बढाइए पनि हेपाटाइटिसमा ध्यान जान नसकेका कारण यसबाट हुने मृत्यदर बढ्दो क्रममा रहेको छ।

यसबारे खतरनाक र आश्चर्यजनक तथ्य के छ भने, हेपाटाइटिस बी को संक्रमण भएका ९० प्रतिशत मानिसहरुलाई र हेपाटाइटिस सी को संक्रमण भएका ८० प्रतिशत मानिसहरु लाई आफू संक्रमित भएको जानकारी नहुनाले उनीहरुले आफन्त र साथीभाइलाई पनि संक्रमित बनाइरहेका छन् ।

कस्तो अवस्थामा हेपटाइटिसको जोखिम उच्च रहन्छ ?


हेपाटाइटिस बि आमाबाट बच्चामा सर्ने उच्च जोखिम रहन्छ । जसमा ८० देखी ९० प्रतिशत बच्चाहरुमा हेपाटाइटिस बी दीर्घरुपको संक्रमणको रुपमा देखिन्छ जसमध्ये एक चौथाई युवा अवस्थामा नै अकाल मृत्यवरण गर्न बाध्य हुन्छन् ।

भाइरल हेपाटाइटिस सम्बन्धी विश्वव्यापी तथ्यहरु के कस्ता छन् ?


  • हेपाटाइटिस बी र सी बाट हुने मृत्यदर एचआइभी एड्स, क्षयरोग र मलेरियाबाट हुने मृत्यदर भन्दा बढी छ ।
  • कलेजोको क्यान्सरबाट मृत्य हुने तीन मध्ये दुईको कारण हेपाटाइटिस बी र सी हुन् ।
  • संसारभरका ३० करोड भन्दा बढी मानिसहरुलाई आफू संक्रमित भएको थाहा नै छैन ।
  • एकहजार भन्दा कम मुल्यमा पाईने खोप उपलब्ध भएता पनि संसारका ४८ वटा देशमा अझै बालबालिकालाई यो खोप दिइएको छैन ।

भाइरल हेपाटाइटिस बी र सी सर्ने कारण तथा बच्ने उपाय ?


  •  संक्रमित आमाबाट यो रोग बच्चामा सजिलै सर्न सक्ने भएकाले गर्भवति भएका बेलामा हेपाटाइटिस बी र सी को परीक्षण गर्नुपर्छ ।
  • आइभि ड्रग युजर्सहरुमा यो रोग सार्ने जोखिम बढी रहन्छ त्यसैले एक आपसमा सिरिन्ज सेयर गर्नु हुदैन ।
  • रक्तसंचारका क्रममा सावधानी अपनाउने र हेपाटाइटिस बी र सी को परीक्षण गरेरमात्र रक्तदान गर्नेुपर्छ ।
  • मेडिकल उपकरण तथा औजारहरुलाई निर्मुलीकरण नगरी दाँतको उपचार तथा अन्य मेडिकल उपाचारको प्रक्रिया गर्दा यो रोग सर्ने संभावना बढी हुन्छ ।
  • असुरक्षित यौन सम्पर्क राख्दा हेपाटाइटिस बी हुने संभावना बढी हन्छ.।
  • ट्याटु खोप्दा प्रयोग हुने उपकरण तथा औजारहरुलाई निर्मुलीकरण नगरी औजार प्रयोग गरेमा हेपाटाइटिस सी मा यो संभावना बढी हुन्छ ।
  • व्यक्तिगत सरसफाइमा प्रयोग हुने औजार तथा उपकरण जस्तैः टुथ ब्रस, रेजर आदि संक्रमित व्यक्तिको प्रयोगमा ल्याउँदा पनि यो रोग सर्ने संभावना बढी हुन्छ ।
  • एकहजार भन्दा कम मुल्यमा पाईने खोप लगाएर आफूलाई हेपाटाइटिस बी भन्ने घातक रोगबाट सुरक्षित गर्न सकिन्छ ।

हेपटाइटिसको बढ्दो खतरा र वर्तमान अवस्थाबारे पेट तथा कलेजो रोग विषेशज्ञ डा. अखिलेश कुमार कश्यपसँग देश सञ्चारकी बिन्दु शर्माले गरेको कुराकानीमा आधारित ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?