प्रदेश १ मा गुण्डाहरुको प्रोफाइल तयार पार्दै प्रहरी

प्रदेश १ मा गुण्डाहरुको प्रोफाइल तयार पार्दै प्रहरी
+
-

विराटनगर- प्रदेश नम्बर एकका १४ जिल्लामा गएको एक वर्षमा ७ हजार ६ सय ९१ वटा अपराधिक घटना भएको प्रदेश नम्बर एक प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा भएका अपराधिक घटना मध्ये ४ हजार १ सय ५९ वटा फछ्र्यौट भएकाछन् । त्यसैगरि, ३ हजार ५ सय ३२ वटा घटना फछ्र्यौट हुन बाँकी रहेको र ती घटनाको अनुसन्धान जारी रहेको कार्यालयले जनाएको छ ।

प्रदेश नम्बर एकका प्रहरी प्रमुख डीआईजी केदार रिजालले सबैभन्दा बढी अपराधिक घटना सुनसरी जिल्लामा भएको जानकारी दिए । एक वर्षको अवधिमा सुनसरीमा १ हजार ९ सय ९० वटा विभिन्न अपराधका घटना भएको डीआइजी रिजालले बताए ।

अर्कोतर्फ तेह्रथुम जिल्लामा भने सबैभन्दा थोरै अपराधिक घटना भएको छ । कार्यालयले तेह्रथुममा १ सयवटा अपराधिक घटना भएको जनाएको छ । त्यसैगरि, झापा जिल्लामा १ हजार ६ सय ८७, इलाममा ३ सय ४२, पाँचथरमा २ सय ८१, ताप्लेजुङमा १ सय ६७, र मोरङ जिल्लामा १ हजार ६ सय ३७ वटा अपराधिक घटना भएको छ ।

त्यसैगरि, धनकुटा जिल्लामा १ सय ४७, भोजपुरमा १ सय ६६, संखुवासभामा २ सय १८, उदयपुरमा ५ सय ३५, खोटाङमा १ सय ६०, ओखलढुँगामा १ सय ३० र सोलुखुम्बुमा १ सय ३१ वटा अपराधिक घटना भएको प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै एकवर्षमा गुण्डागर्दीमा संलग्न १ सय ४३ जनालाई प्रहरीले पक्राउ गरेर कारवाही अघि बढाएको छ । गएको वर्षमा गुण्डागर्दीको १ सय ३३ वटा घटना भएकाछन् । प्रहरीले गुण्डागर्दी नियन्त्रणका लागि तीन महिने विशेष अभियान समेत संचालन गरेको थियो ।

अभियानका लागि गुण्डागर्दीमा संलग्नको प्रोफाइल तयार पार्ने र उनीहरुमाथि निगरानी गर्न थालिएको प्रहरीले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?