
काठमाडौँ – संस्कृतिकर्मी तथा वरिष्ठ चलचित्रकर्मी चेतन कार्की बलमान सिंह चलचित्र सम्मानबाट सम्मानित भएका छन् ।
संस्कृति तथा चलचित्रको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पहलमान सिंह स्वार स्मृति प्रतिष्ठानले शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रम गरी कार्कीसहितका श्रष्ठालाई सम्मानित गरेको हो ।
संस्कृतिकर्मी कार्कीसँगै मनुबज्राकी, प्रेमकुमार खत्री, ज्ञानुवाकार पौडेल तथा तिर्थ श्रेष्ठ पनि सम्मानित भएका छन् । उनीहरुलाई नेपाल संगीत तथा नाट्यकला प्रतिष्ठानका कुलपति सरुभक्तले सम्मानित गरेका हुन् ।
सम्मानपछि बोल्दै संस्कृतिकर्मी कार्कीले आफूले गरेका कामको कदर हुँदा जहिले खुशी लाग्ने र संस्कृतिको विकासका लागि काम निरन्तरता दिने बताए ।
यस्तै कुलपति सरुभक्तले संस्कृतिको विकासका लागि सबैले प्रतिबद्ध रहेको बताउने तर काम भने नगर्ने गरेको बताए ।
सबैलाई साहित्य साधक पहलमान सिंह स्वारको स्मृतिमा स्थापित पुरस्कार कला र साहित्यको विभिन्न क्षेत्रमा काम गरेका व्यक्तिलाई सम्मान गर्ने गरिएको प्रतिष्ठानले जनाएको छ ।