
धनगढी- केही दिनदेखि लगातार परेको पानीले कैलालीको धनगढी उपमहानगरपालिका भित्र रहेका अधिकाशं जीर्ण सडकहरु तालमा परिणत भएका छन्।
भत्किएको लामो समयदेखि सडकको स्तरोन्नति नहुदाँ सडकमा भएका खाल्डा खुल्डीमा पानी जम्ने र पछि तालमा परिणत हुन थालेका छन्।
यसले त्यहाँका सर्वसाधारणलाई हिडहुलमा निकै सास्ती भएको छ। सडकमा जमेको पानीले गाडी दुर्घटना हुने सम्भावना बढेको छ।
यता, धनगढी उपमहानगरपालिका भने एसियाली विकास बैक (एडिबी) अन्तर्गत भत्किएका सडकको मर्मत हुने भएकाले निर्माण गर्नु पर्ने दायित्वबाट पन्छिएको छ।