दोषी पक्राउ गर्न प्रहरी अझै असफल

बालिका बलात्कारपछि हत्याको विरोधमा धनगढीमा पनि प्रर्दशन

बालिका बलात्कारपछि हत्याको विरोधमा धनगढीमा पनि प्रर्दशन
+
-

धनगढी-कञ्चनपुरको भिमदत्त नगरपालिका-२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको विरोधमा धनगढीमा पनि प्रर्दशन गरिएको छ।

कैलाली बहुमुखी क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा क्याम्पसका विद्यार्थीहरुले आइतबार विहान प्रर्दशन गरेका हुन।उनीहरुले बलात्कारपछि हत्या जस्ता जघन्य अपराधको अन्त्य गर्न माग गरेका छन्।  साथै पीडितलाई उचित न्याय र क्षतिपूर्ति दिन पनि उनीहरुले माग गरेका छन्।

अनुसन्धानमा प्रहरी असफल


घटना भएको तिनदिनसम्म पनि प्रहरीले घटनामा सग्लनलाई पक्राउ गर्न सकेको छैन। दोषीलाई पक्राउ गरि कडा कारवाहीको माग गर्दै पिडित बालिकाका आफन्त र सवैसाधारणले लगातार प्रर्दशन गरिरहेका छन्।

‘अनुसन्धान जारी राखेका छौ’ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक (डिएसपी) तथा प्रवक्ता ज्ञान बहादुर सेठीले भने, ‘दोषी भने पक्राउ गर्न सकिएको छैन। घटना जटिल छ केही समय लाग्छ।’

उनले लगातार प्रर्दशन र आन्दोलनका कारण अनुसन्धानमा समेत समस्या भइरहेको बताए। ‘आन्दोलन र प्रदर्शनलाई सुरक्षा दिने कि अनुसन्धान गर्ने ?’ डिएसपी सेठीले भने।

अझै परिवारले बुझेनन् शव


शुक्रवार विहान उखु वारिमा निर्मलाको शव भेटिएपनि अझै उनको शव परिवारले बुझेका छैनन्। ‘शनिवार घटनामा सग्लनलाई चाडा पक्राउ गर्न सहमति पछि निर्मलाका परिवार शव बुझन् तयार भएका थिए ।‘ सेठीले भने, ‘तर, अन्यको दवावका कारण बुझेनन्।’

विद्यार्थी शैक्षिक आम हडताल गर्दै


बालिकाको बलात्कारपछि हत्या गरिएको तिनदिन वितिसक्दा पनि प्रहरीले दोषीलाई पक्राउ गर्न नसकेको भन्दै कञ्‍चनपुरका विद्यार्थीले शैक्षिक हडताल गर्ने बताएका छन्। उनीहरुले केहीवेरमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?