२१ वटा कथाको संग्रह लिएर आइन् पाठक

२१ वटा कथाको संग्रह लिएर आइन् पाठक
+
-

काठमाडौँ– ‘उस्तै समाज र सँस्कृतिमा बनेका कथा प्रिय हुन्छन्।’ यो भनाईलाई प्रस्टाउँदै समालोचक डा. देवी नेपाल भन्छन्, ‘यो दृष्ट्रिकोण नयाँ हुनु र यसलाई प्रस्तुत गर्ने शैली नै हो।’ नेपाल प्रज्ञाप्रतिष्ठानमा आइतबार साहित्यकार हिरण्य कुमारी पाठकको नयाँ कथा संग्रह ‘अग्निदह’ सार्वजनिक भएको छ। यसमा लेखकले २१ ओटा शिर्षकमा कथा बुनेका छन्।

साहित्यकार पाठकको यो १५ औँ कृति हो, यो भन्दा अगाडि उनले ४ ओटा कथा संग्रह, ७ ओटा बालकथा, ३ ओटा जीवनी सार्वजनिक भइसकेको छ। समालोचक नेपालले लेखाइको सरलता र बदलिँदो परिवेशलाई लेखाइमा ढाल्न सक्ने लेकको खुबीले हृदय तरंगीत बनाएको बताए।

साहित्यकार पाठक लामो समयदेखि साहित्य संरक्षणमा लागेकी व्यक्तित्व हुन्। नेपाली भाषा र सँस्कृतिको संरक्षणमा साहित्यकारको भूमिका एकदमै ठूलो भएको अर्का समालोचक शान्तिमाया गिरीले बताइन्। समालोचकले पुस्तकमा भएका सबै शिर्षकका कथा सामाजका एक पक्षको चित्रण गरेको बताइन्।

कथा संग्रह ‘अग्निदह’ ले बालबालिका, महिला, समाजका प्रथा, रीति व्यवस्थाको बारेमा मुद्दा उजागर गरेको बताइन्।

अन्तराष्ट्रिय नेपाली साहित्य समाज नेपालले आज पुस्तक सार्वजनिक गरको हो। २१ ओटा कथा भएको पुस्तकको मूल्य २०० रुपैयाँमा तोकिएको छ। पुस्तकलाई ऐरावति प्रकाशन प्रा.लिले प्रकाशन गरेको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?