
काठमाडौँ- नबिल बैंकले आफ्नो ३४ औँ बार्षिकोत्सवका अवसरमा बाग्मती किनारमा बृक्षारोपण तथा सरसफाई गरेको छ ।
सामाजिक उत्तरदाईत्व अन्तर्गत मीनभवन नजिकको बागमती नदीको किनारमा बृक्षारोपण तथा सरसफाई गरिएको बैंकले जनाएको छ ।
बार्षिकोत्सवका अवसरमा रक्तदान, खेलकुद लगायतका क्रियाकलापहरु पनि आयोजना गरिएका छन् ।
बृक्षारोपण तथा सरसफाई जस्ता सामाजिक कार्यक्रमहरु गरेर बार्षिकोत्सव मनाएकोमा बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले संचालक र कर्मचारीहरुप्रति खुशी व्यक्त गरे ।