
काठमाडौँ – एनआई सी एशिया बैंकका ग्राहकहरुले ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचार गराउँदा १० प्रतिशत छुट पाउने भएका छन् ।
एनआई सी एशिया बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर बीच यस्तो सम्झौता भएको हो ।
बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकहरुले १० प्रतिशत छुट पाउने सम्झौता भएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले जानकारी दिए ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापक जयन्द्र रावल र हस्पिटलको तर्फबाट ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक बाबुकाजी काकीले हस्ताक्षर गरे ।