
सेञ्चुरी बैंकले थप तीन स्थानमा आफ्ना शाखा सञ्चालनमा ल्याएको छ ।
चितवनको टांडी, महोत्तरीको बर्दिबास र धनुषाको विरेन्द्रबजारमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । शाखा कार्यालयहरुको उद्घाटन बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले गरे ।
उद्घाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, स्थानीय जनप्रतीनिधिहरु, व्यवसायीहरु तथा बैंकका अन्य पदाधिकारीको पनि सहभागीता रहेको थियो ।
नयाँ शाखा कार्यालयहरु मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगाएयका सम्पूर्ण बैंकिङ्ग सुविधा उपलब्ध गराउने जनाएको छ ।