
काठमाडौँ-जनता बैंकले विराटनगर र रोल्पामा दुई शाखा संचालनमा ल्याएको छ।
विराटनगर महानगरपालिका -२ मा तीनपैनी शाखा र रोल्पाको परिवर्तन गाउँपालिका-५ मा दुइखुली शाखा संचालनमा आएका हुन्।
अब जनता बैंकका देशभर १२१ शाखा पुगेको छन् । ४० शाखा रहित बैंकिङ्ग सेवा, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएम संचालनमा रहेको बैंकले जनाएको छ।
बैंकले हालसम्म ५९ अर्ब ४२ करोड निक्षेप संकलन गरी ५४ अर्ब ८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।