
काठमाडौँ- नबिल बैंकले आफ्नो शैक्षिक कर्जाको प्रक्रिया बारे जानकारी प्रदान गर्न अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेको छ । उक्त कार्यक्रममा विभिन्न शैक्षिक परामर्श दिने संस्थाहरुको सहभागिता रहेको थियो ।
सो कार्यक्रमको उदेश्य शैक्षिक परामर्श दाताहरुलाई बैंकले प्रदान गर्ने शैक्षिक कर्जाको विशेषताहरु, ऋण योग्यता परिक्षण, कर्जाको लागि आवश्यक कागजातहरु तथा कर्जा प्रदान गर्ने प्रक्रियाहरुको बारे सूचित गराउन रहेको बैंकले जनाएको छ ।
कन्ज्यूमर लेण्डी¨ विभागद्वारा आयोजित उक्त कार्यक्रममा विभाग एवं बैंकका उच्च पदस्थ व्यवस्थापकहरु समेत सहभागी थिए । कार्यक्रमको उद्घाटन नबिल बैंकका अध्यक्ष शम्भू प्रसाद पौड्यालले गरेका थिए । बैंकले आगामी दिनहरुमा पनि यस्तै थप कार्यक्रमहरु संचालन गर्ने जानकारी गराएको छ ।