
अ
+
अ
अ
-
धनगढी – पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्किचुहा नगरपालिकामा भएको दुर्घटनामा बिहीबार बिहान एकजनाको मृत्यु भएको छ ।
नगरपालिकाको वडा नम्बर ८ गोप्चामा भ्यानको ठक्करबाट साइकल यात्री लम्कीचुहा–९ का ६५ वर्षे पञ्चराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नेपालगञ्जबाट धनगढीका लागि छुटेको से १ ज ६३५ नम्बरको भ्यानको ठक्करबाट घाइते चौधरीलाई उपचारका लागि टीकापुर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक हरिबहादुर वलीले बताए ।
दुर्घटनामा भ्यानमा सवार अन्य ८ जना घाइते भएको र उनीहरुको लम्कीस्थित रत्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।