विदाई खेलमा शक्ती टोलीमा परेनन्

विदाई खेलमा शक्ती टोलीमा परेनन्
+
-

काठमाडौं- शक्ति ‘द पावर’ उपनामले परिचित नेपाली भेट्रान क्रिकेटर शक्ती गौचनले आजदेखि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याश लिँदैछन्। नेदरल्यान्ड्समा केहीबेरपछि सुरु हुने  घरेलु टोलीविरुद्धको दोस्रो तथा अन्तिम एकदिवशीय खेल शक्तीको खेलाडी जिवनको अन्तिम अन्तर्राष्ट्रिय खेल हुने छ।

तर यो खेलमा शक्तीलाई प्लेइङ सेटमा समावेश गरिकएको छैन। नेपाली टोलीमा तीन खेलाडी परिवर्तन गरिएको छ। सुबास खकुरेल,ललित भन्डारी र रोहित पौडेललाई दोस्रो खेलमा अवर दिईएको छ।

प्रतियोगिता खेल्न जानु अघि शक्तीले सन्याशको घोषणा गरेका थिए। करिब दुई दशक अन्तर्राष्ट्रिय क्रिकेट खेलेका गौचन नेपाली टोलीको खम्बा सरह रहे। सुरुवाती दिनमा ब्याट्सम्यान रहेका शक्तीले पछिल्ला धेरै वर्ष आफुलाई होनाहार स्पीनरका रुपमा स्थापित गरे। नेपाली क्रिकेटलाई डिभिजन फाइभदेखि वनसम्म ल्याईपुर्‍याउन, टीट्वेन्टी विश्वकपमा छनोट गराउन,लगातार यू-१९ विश्वकपमा नेपाललाई छनोट गराउन लगायत धेरै सफलतामा शक्तीको भुमिका महत्वपुर्ण रह्यो।

नेपाली क्रिकेट ब्यवस्थापन निकै विवादमा रहँदा र नेपाली क्रिकेटको भविस्य नै संकटमा पर्दा पनि शक्तिले क्रिकेट खेल्न छाडेनन्। उनले नेपाली टोलीका लागि सिनियर एकदिवशीय क्रिकेटमा शतक पनि  बनाएका छन्।

उनले टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिक विकेट पनि लिएका थिए। एकदिवशीय स्वरुपको  अन्तर्राष्ट्रिय खेलमा १० ओभर बलिङ गर्दै आठ मेडन राखेर दुई विकेट लिँदै केवल दुई रन खर्चिएका शक्तिको नाममा विश्वकीर्तिमान छ।उनी एकदिवशीय स्वरुपको अन्तर्राष्ट्रिय प्रतियोगितामा एकै खेलमा सबैभन्दा राम्रो इकोनोमीमा बलिङ गर्ने खेलाडी हुन्। सन् २०१४ को आईसिसी टीट्वेन्टी विश्वकपमा शक्तीले विश्वभर चर्चा कमाएका थिए। शक्तीले केही वर्षयता गृहनगर भैरहवामा क्रिकेट एकेडेमी सुरु गरेका छन्।

नेपालले नेदरल्यान्ड्ससँग एेतिहासिक क्रिकेट शृंखला खेलिरहेको छ। नेदरल्यान्ड्ससँग बुधबार खेलेको पहिलो खेल नेपालको पहिलो एकदिवशीय अन्तर्राष्ट्रिय खेल थियो। उक्त खेलमा नेपाल ५५ रनले पराजित भएको थियो। त्यस खेलमा शक्तीले विकेट  लिन सकेका थिएनन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?