पुर्व प्रधानन्यायाधीशको सुरक्षामा खटिएका प्रहरी फिर्ता गर्दै सरकार

पुर्व प्रधानन्यायाधीशको सुरक्षामा खटिएका प्रहरी फिर्ता गर्दै सरकार
+
-

काठमाडौं- गृह मन्त्रालयले पुर्व प्रधानन्यायाधीशको सुरक्षार्थ खटिएका प्रहरी फिर्ता बोलाउने निर्णय गरेको छ।
प्रहरीको आन्तरिक निर्देशिकाले पुर्व प्रधानन्यायाधीशको सुरक्षाका लागि प्रहरी खटाउनु पर्ने व्यवस्था नगरेको भन्दै गृह मन्त्रालयले पुर्व प्रधानन्यायाधीशको सुरक्षामा खटिएका प्रहरी फिर्ता गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो।

सरकारको निर्देशनपछि सर्वोच्च अदालतमा खटिएको प्रहरीले पुर्व प्रधानन्यायाधीशको सुरक्षामा खटिएका प्रहरी फिर्ता बोलाउन लागेको भन्दै शुक्रबार नै सर्वोच्च प्रशासनलाई पत्राचार गरेको श्रोतले जानकारी दिएको छ।

श्रोतले भन्यो, `पुर्व प्रधानन्यायाधीशको सुरक्षा नेपाली सेनाले गर्नु पर्ने प्रावधान भए पनि प्रहरी निर्देशिका विपरीत लामो समय पुर्व प्रधानन्यायाधीशको सुरक्षामा प्रहरी खटिएको छ। नेपाली सेना एक पुर्व प्रधानन्यायाधीशको सुरक्षाका लागि निवासमा गए पनि बसोबासको उचित प्रवन्ध हुन नसके पछि फिर्ता भयो र त्यसपछि लगातार पुर्व प्रधानन्यायाधीशको सुरक्षामा प्रहरी खटिदै आएको छ।´

सर्वोच्च श्रोतका अनुसार केही दिन भित्र मै पुर्व प्रधानन्यायाधीशको सुरक्षामा खटिएका प्रहरी फिर्ता हुने छन्।

गृह मन्त्रालयले रक्षा मन्त्रालय र नेपाली सेना सँग समन्वय गर्दै पुर्व प्रधानन्यायाधीशको सुरक्षामा खटिएका प्रहरी फिर्ता बोलाएको हो होईन भन्ने बारे थाहा हुन सकेको छैन।

गृहले रक्षा सँगको समन्वय विना प्रहरी फिर्ता गरेको भए प्रहरी फिर्ता लगत्तै पुर्व प्रधानन्यायाधीशहरु सुरक्षा विहिन हुने छन्।

गृहमन्त्री भए लगत्तै राम बहादुर थापाले कानुन विपरीत पुर्व प्रशासक, प्रहरी उच्च पदस्थ अधिकारी र अन्य ठाउँमा खटिएका प्रहरी फिर्ता बोलाउने घोषणा गरेका थिए।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’