प्रदेश १मा ८४ प्रतिशत धान रोपाई

प्रदेश १मा ८४ प्रतिशत धान रोपाई
+
-

मोरङ- प्रदेश नम्बर एकमा हालसम्म ८४ प्रतिशत धान रोपाई कार्य सम्पन्न भएको क्षेत्रीय कृषि निर्देशनालय विराटनगरले जनाएको छ।

निर्देशनालयका अनुसार पूर्वमा कुल ४ लाख ६६ हजार २ सय ८६ हेक्टर क्षेत्रफलमा धान खेती हंदैं आएकोमा साउन तेश्रो सातासम्म ३ लाख ९३ हजार ६१ हेक्टर क्षेत्रफलमा धान रोपाई कार्य सम्पन्‍न छ।

यसक्रममा सोलुखुम्बुमा भने अन्य जिल्लाको तुलनामा सबैभन्दा बढि धान रोपाई भएको छ। सोलुखुम्बुमा हालसम्म ९९ प्रतिशतमा धान रोपाइँ भएको निर्देशनालयको भनाइ छ।

जहा १ हजार ५ सय २५ हेक्टर क्षेत्रफलमा धान खेती हुदै आएको छ। यद्धपि सप्तरीमा भने ६० प्रतिशत मात्र धान रोपाई भएको छ। जुन सबैभन्दा कम हो।

त्यसैगरि, झापामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती हुनेमध्ये ९५ प्रतिशत रोपाइ भएको छ।

मोरङमा भने ९२ प्रतिशत धान रोपाई भएको छ। निर्देशनालयका अनुसार यस जिल्लामा ७८ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइ हुन्छ।

यस्तै सुनसरीमा ५५ हजार हेक्टर क्षेत्रफलमध्ये ९६ प्रतिशत रोपाइ भएको छ।

निर्देशनालयका वरिष्ठ अधिकृत राजेन्द्र उप्रेतीका अनुसार, गतवर्ष भने यस समयमा ६८ प्रतिशतमात्र धान रोपाई भएको थियो।

उनले भने, ‘यो बर्ष पर्याप्त पानी पर्नु र मल, बीउको अभाव नभएका कारण समयमै धान रोपाइँ भएको हो।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?