प्रदेश १ : सामाजिक संस्थामाथि कडाई गर्ने

प्रदेश १ : सामाजिक संस्थामाथि कडाई गर्ने
+
-

मोरङ – प्रदेश नम्बर १ सरकारले प्रदेशभित्र रहेका विभिन्न नामका सामाजिक संस्थालाई कडाई गर्ने जनाएको छ । प्रदेश सरकारले प्रदेश भित्र अवस्थित करिब ५ हजार बढी संस्थाले साम्प्रदायिक द्धैष, धार्मिक विचलन, गोप्य सूचना विदेश पुर्‍याउने, समाजलाई द्वन्द्वको अवस्थामा पुर्‍याउने खालका गतिविधि गर्दै आएको उल्लेख गरेको छ ।

विराटनगरमा सोमबार बसेको संसद बैठकमा समाजिक विकास तथा योजना मन्त्री जीवन घिमिरेले उद्घोष गरेका हुन् । उनले बैठकमा राज्यविपरित कार्य गर्दै आएका संस्थाहरु बन्द गर्ने बताए । सामाजिक विकास संस्था सम्बन्धमा बनेको विधेयकमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री घिमिरेले सामाजिक कामको नाममा जासुसी गर्ने गरेको आरोप लगाए ।

त्यसैगरी विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा प्रदेशसभा सदस्य मोहनकुमार खड्काले समाजिक संस्था गठन गरेर कमाइ खाने भाँडो बनाउने र समाजलाई खलल पुर्‍याउनेहरुलाई पनि विधेयकले रोक्ने प्रयास गरेको भन्दै प्रसंशा गरेका थिए ।

विधेयकमाथि सोमबारको सैद्धान्तिक छलफलमा ९ जना सांसदले आफ्नो धारणा राखेका छन् । यसअघि, आइतबारको बैठकमा ८ जनाले विधेयकमाथि आफ्ना धारणा राखेका थिए । १७ जना सांसदले आफ्ना धारणा राखेसँगै विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?