धनगढी- गाईलाई करणी गरेको आरोपमा कैलालीमा एक जना युवक पक्राउ परेका छन्।
जिल्लाको जानकी गाउपालिका, २ खरगुहारका २१ वर्षका विकाश चौधरीलाई लम्कीचुहा गाउपालिका, २ मोतिपुरका पदम बुढाको गाईलाई करणी गरेको आरोपमा पक्राउ गरिएको छ।
इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीका अनुसार गाई करणी गरेको आरोपमा प्रहरीमा मुद्धा नै दर्ता भएको छ ।
पक्राउ परेका चौधरी लम्कीमा एक व्यापारीको ट्याक्टरमा काम गर्दै आएका थिए।
जोशीले उक्त विषयको अनुसन्धानका लागि जिल्ला प्रंहरी कार्यालयमा पठाईएको जानकारी दिए। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक हरि बहादुर वलीले पक्राउ परेका चौधरीलाई अनुसन्धानका लागि विहिवार नै सात दिनको म्याद थप गरिएको छ।
गाईलाई करणी गरेको भन्दै प्रहरीमा मुद्धा दिएका बुढाले भने, ‘लामो समयदेखि नै हाम्रो गाईलाई करणी गर्दै आएको रहेछ। विहिवार राती कुरेर बस्दा मात्रै उसलाई रंगेहात पक्राउ गरेर प्रहरीको जिम्मा लगायौ।’
‘मगलवार राति पनि चौधरीले गाईलाई नजिकैको खोलामा लगेर कपडाले मुख छोपेर रुखमा करणी गरेको रहेछ ।’ उनले भने, ‘विहान गोठमा गाई हेर्छु त खोज्दै जादा खोलामा भेटियो।’
उनले भने, ‘मगलवारपछि नै हामी राती जाग्राम बस्न थालेका थियो । विहिवार राती २ बजे चौधरीलाई गोठमै फेला पार्यौ। राति नै प्रहरीलाई फोन गरेर बोलायो। लगेर गएर।’
गाई मालिक बुढाले चौधरीलाई राति दुई बजे आफ्नो गोठमा अर्धनग्न अवस्थामा भेटेको दावी गरे। उनले विगत छ महिनादेखी गाईमाथि बलात्कार हुँदै आएको आरोप लगाए।
प्रहरी स्रोतका अनुसार गाई करणीको आरोपमा पक्राउ परेका चौधरी सुस्त मनस्थितिका छन। उनी एचआईभी एड्स सङक्रमित भएको प्रहरी स्रोतको दावी छ।
उनलाई गाउका केही व्यक्तिले गाईलाई करणी गरेमा एचआएईभि निका हुने भनेका थिए।
‘गाउले नै गाईलाई करणी गरेपछि एचआईभी ठीक हुन्छ भनेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।अनुसन्धान जारी छ।’ ती प्रहरी अधिकारीले भने।